रुपज्योति, सृहृद ज्योति, पदमज्योति र सौरभ ज्योति
काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपभित्रको किचलोमा पदमज्योतिका छोराहरु सौरभ ज्योति र सुहृद ज्योतिले काका रुपज्योतिमाथि शक्तिको आडमा अझै पनि सास्ती दिने काम जारी राखेका छन् ।
सौरभ ज्योति र सुहृद ज्योतिले काका रुपज्योतिको नक्कली हस्ताक्षर प्रयोग गरी वीरगंज महानगरपालिकाको परवानीपुरमा रहेको ५ बिगाहा जग्गा कौडीको मूल्यमा बिक्री गरेको बिषय प्रहरीमा पुगेको छ । तर प्रहरीले हस्ताक्षर कीर्ते गर्ने सौरभ र सहृद ज्योतिलाई कानुनी कारबाही अगाडि बढाउनुपर्नेमा कम्पनी रजिष्टारको कार्यालय र अदालत जानू भनेर पन्छाएको छ । अपराध अनुसन्धान महाशाखामा उजुरी लिएर पुगेका रुपज्योतिलाई अदालत र कम्पनी रजिष्टारको कार्यालयमा जानू भनेर पठाएको छ ।
सौरभ ज्योतिकी मित्रको नाममा उक्त जग्गा २५ करोड रुपैयाँमा बिक्री गरिएको थियो । लालकाजी गुरुङकी छोरी सौरभकी अति निकट मित्र हुन् । मालपोत कार्यालय पर्साले २५ करोडको बैंकिङ भुक्तानी बिना नै जग्गा पास गरिदिएको खुलासा भएको छ । यसमा मालपोत कार्यालयका प्रमुखलाई नै ठूलै रकम घुस दिएर सेटिङ मिलाउने काम सौरभ ज्योतिले गरेको खुलेको छ ।
सौरभ र सुहृदले काका रुपज्योतिको कीर्ते हस्ताक्षर गरेर कौडीको भाउमा जग्गा बिक्री गरेर नपुगी ज्योति गु्रुप अन्तर्गत अर्को कीर्ते कम्पनी खडा गरेको खुलासा भएको छ । ज्योति ग्रुपको सहायक संस्था भाजुरत्न ट्रेडिङले भारतको मेसी फारवुसन ब्राण्डको ट्रयाक्टरको आयात गरी विक्री गर्दै आएको छ । पद्मज्योतिका कान्छा छोरा सुहृदले कम्पनी रजिष्ट्रारको कार्यालयमा कीर्ते गरी भाजुरत्न प्रा.लि. दर्ता गरेर आफ्नै कम्पनीको बिरुद्ध अर्को कम्पनी दर्ता गरे । र, ट्रयाक्टरको डिलर आफ्नो बनाए । नयाँ कम्पनी दर्ता गरी रु. ९ लाखको ट्रयाक्टर ७ लाखमा बिक्री गर्दैआएका छन् । आफ्नै काका रुपज्योतिलाई ठगी गर्न उनले अर्कै कम्पनी खडा गरी ट्याक्टर बिक्री गर्दैआएको बिषयमा रुपज्योतिले पछि मात्र थाहा पाए । उनले थाहा पाएपछि प्रहरी कार्यालयमा उजुरी लिएर पुगे । तर दर्ता भएन । अपराध महाशाखाले उनको गुनासो सुनेर सौरभ र सुहृदलाई झिकाउन खोज्दा पिता पदम ज्योतिले दबाब दिएर रोकेका छन् ।
अपराध महाशाखाका प्रहरी अधिकृतलाई प्रभाव र दबाबमा पारिसकेपछि रुपज्योतिलाई कम्पनी रजिष्टार र अदालत जानू भन्दै पन्छाइएको छ । काका रुपज्योतिको कीर्ते हस्ताक्षर गरी अरब मूल्यको जग्गा बिक्री गरेको र कम्पनी पनि अर्कै खडा गरेको बिषयमा सौरभ ज्योतिले भने–यो हाम्रो आन्तरिक मामिला हो, हामी आफैं हल गर्छौ, प्रहरीमा पुगेको छैन । अहिले मिटिङमा छु । पछि कल गर्छु ।’
ज्योति ग्रुपको उजुरी नै लिनुभएन रे भन्ने प्रश्नमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने–ज्योति ग्रुपको पारिवारिक मामिला भएकाले प्रहरीले मिल्न सुझाव दिएको छ । नमिले कम्पनी रजिष्टार र अदालतमा जानू भनेका छौं । कीर्ते हस्ताक्षरश प्रयोग भएको बिषयमा प्रहरीले हेर्नुपर्ने होइन र भन्ने जिज्ञासामा थापाले भने–फौजदारी कीर्ते भए प्रहरीले हेर्छ, देवानी कीर्तेमा हेर्दैन ।’
विपश्यना ध्यान गर्ने र झुटो कहिल्यै नबोल्ने रुपज्योतिको उजुरीमा असार २५ मा चासो दिएर ७ दिनको समयसीमा दिएको अपराध महाशाखाका हाकिमहरु अहिले पन्छिएका छन् । ७ दिनमा पद्मज्योतिले आफ्नो शक्ति प्रयोग गरी भाइ रुपज्योतिको उजुरी नै दर्ता गर्न नसक्ने परिस्थिति खडा गरेका छन् ।
यो पनि पढ्नुहोस्ः