काठमाडौं । देशमा भ्रष्टाचार बढेपछि युवा पुस्ता बिद्रोहमा उत्रियो । जेनजी आन्दोलनले २४ घन्टामा सरकार ढलेपछि बनेको सरकारले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने अपेक्षा नेपालीले गरेका थिए । तर भ्रष्टाचार अन्त्य होइन झन् बढेका तथ्यहरु बाहिरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. सुधा शर्मा गौतम मन्त्री भएर आएपश्चात् सुशासन होइन, झन् बेथिति र अपारदर्शीता देखिएको छ । हुन त गौतम विगतमा सचिव हुँदा पनि विवादित नै हो । उनी सचिव हुँदा राष्ट्रसेवक कर्मचारीले समयमा बुझाउनुपर्ने सम्पत्ति बिबरण नबुझाएबापत जरिबाना बुझाएकी थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव हुँदा तत्कालीन सहसचिव सूर्य आचार्यबाहेक अरु कसैको कुरा नसुन्ने डा. सुधाको प्रवृत्ति थियो । हाल मन्त्रालयको टिमको भन्दा ब्यापारीको र बिदेशी दातृ निकायका प्रतिनिधिको कुरा बढी सुन्ने गरेको आरोप मन्त्री गौतममाथि लाग्दैआएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले ब्यापारीको प्रभावमा परी देशभरका लागि औषधि उपकरण खरिद गर्ने ब्यवस्थापन महाशाखाका जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तको सरुवा गरेकी छन् ।
बालभिटा पोषण पदार्थको भुक्तानीको बिषयमा प्रक्रियासम्मत ढंगले गर्न खोज्दा पन्तलाई ब्यापारीको दबाबमा मन्त्री गौतमले सरुवा गरिदिएकी छन् । पन्तले आफूले एक्लै भुक्तानी गर्न सक्दिनँ भनेपछि उनका बिरुद्व भएनभएका कुरा मन्त्रीलाई लगाएर ब्यापारीहरुले उनलाई सरुवा गराउन सफल भएका छन् । ब्यापारीको प्रभावमा परी मन्त्री गौतमले पन्तको सरुवा गरेको आरोप छ ।
मन्त्री गौतमले पन्तको तुरुन्त सरुवा गर्न निर्देशन दिएर दिल्ली सम्मेलनमा गएकी थिइन् । मन्त्रीको निर्देशन अनुसार पन्तको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छ भने ब्यापारीक स्वार्थमा मन्त्री गौतम फसेको उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई मन्त्री गौतमले ब्यापारीको दबाबमा पन्तको सरुवा गरेको सूचना पुगेको छ । यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पालामा पनि दयाकृष्ण पन्तको सरुवा गर्न खोजेका थिए ब्यापारीले । त्यतिबेला सरुवा रोकियो । तर भ्रष्टाचारबिरुद्ध आन्दोलन गरेको जेनजीको सरकारका मन्त्री सुधा गौतमले ब्यापारीको प्रभावमा परी पन्तको सरुवा गरेकी छन् ।
यसैगरी, जेनजी सरकारका स्वास्थ्य मन्त्री आएपछि सुधार हुनुपर्ने स्वास्थ्य सेवा बिभाग झन् अस्तब्यस्त भएको छ । समयमा महानिर्देशकबाट निर्णय नहुँदा एन्टीरेबिज भ्याक्सिन, हज यात्रीको खोप भिटामिन ए लगायतको अभाव हुने संभावना बढेको छ ।
करार ज्यालादारी कर्मचारीको म्यादथप भएको छैन । तत्कालीन महानिर्देशक टंक बराकोटीका सवारी चालक, लेखा प्रमुख भीम देवकोटाका चालक, प्रशासन प्रमुख मोहन कोइरालाका चालकको मात्र म्यादथप गरिएको छ ।
स्वास्थ्य सेवा बिभागको स्टोरमा संवेदनशील औषधिको रातदिन काम गर्ने जनशक्तिको म्यादथप भएको छैन । हालका स्वास्थ्य मन्त्री डा. सुधा गौतम पनि बिगतका स्वास्थ्यमन्त्री प्रदीप पौडेलजस्तै हप्तामा कार्यदल बनाउने कार्यमा मात्र लागेको देखिन्छ । समान कार्यक्षेत्र भएको बिभागको सुधार कार्यदलको जिम्मा समान तहको महानिर्देशकलाई प्रदान गरिएको छ ।
औषधि ब्यवस्था बिभागको सुधारका लागि गठन गरिएको कार्यदल संयोजक स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. केशर ढकाल रहेका छन् । उनलाई स्वास्थ्य सेवा बिभागकै दैनिक फाइल हेर्न र निर्णय गर्न भ्याई नभ्याई चटारो छ । उनले कार्यदलको काम कुन बेला गर्ने भन्ने प्रश्न उठेको छ । बोक्नै नसक्ने भारी ढकाललाई मन्त्री डा.गौतम र सचिव डा. विकास देवकोटाले बोकाइदिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका तीनवटा बिभागको समान हैसियत छ । एउटा बिभागको सुधारको कार्यदल संयोजक अर्को बिभागको महानिर्देशक बनाउनु प्रशासनिक दृष्टिमा बिधिसंगत देखिँदैन । जेनजी सरकारमा सुशासन कायम हुन्छ भन्ने अपेक्षा गर्ने कर्मचारीहरु मन्त्री डा. गौतमको कार्यशैली देखेर आश्चर्यमा पर्दै भन्न थालेका छन्–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कि ब्यापारीहरुको कुरा सुनाइ हुन्छ कि बिदेशी दातृ निकायका एजेन्टहरुको । आम सर्बसाधारणको सुनुवाई कतै हुँदैन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend