काठमाडौं । टेरामक्स खरिद काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले मन्त्री भानुभक्त जोशीले सचिवालयका कर्मचारीको नाम दिंदा पनि ब्यवस्थापन गर्न ढिलाइ गरी असहयोग गरिरहेका छन् । मन्त्री जोशीको सचिवालयमा निजी सचिवको नाम दिंदा पनि उनले राख्न आनाकानी गरिरहेको स्रोत बताउँछ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिवद्वयको सरुवा गर्न निर्देशन दिएको ४ दिन बितिसक्दा पनि उनले गरेका छैनन् ।
कर्मचारी प्रशासन शाखाका उपसचिव नफेर्ने र ब्याकडेट राख्दै आर्थिक लाभ लिएर सरुवा गर्ने काम सचिव सिंहले अहिले पनि गरिरहेका छन् । यसअघिकै मन्त्री अनितादेवी साह भएको मिति राखी सरुवा गर्नकै लागि उनले कर्मचारी शाखाका उपसचिव हटाउन बिलम्ब गरेको आरोप छ ।
साह मन्त्री हुँदा उनीसँग मिलेर सचिव सिंहले तराईका नगरपालिकामा निमित्तप्रमुख प्रशासकीय अधिकृत तोक्दा मात्रै २० लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो । मन्त्री साहसँग मिलेर सचिव सिंहले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा दररेट तोकेर गरेका थिए ।
टेरामक्स काण्ड लागेका सचिव सिंहलाई तुरुन्त हटाउन मन्त्री जोशीमाथि दबाब परेको छ । सोझा मन्त्री जोशीलाई भेगीय नाता लगाएर टिक्ने दाउमा सचिव सिंह लागेका छन् ।
सामान्य प्रशासन मन्त्रालयको सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायमध्ये एकलाई ल्याउन मन्त्री जोशीलाई कर्मचारीहरुले सुझाव दिएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend