Logo
  • बुधवार, आषाढ ३१ २०७७Jul 15 2020

कालोबजारी गर्ने अग्रवाल छुटाउन राज्यमन्त्री दुगड नै सक्रिय

कालोबजारी गर्ने अग्रवाल छुटाउन राज्यमन्त्री दुगड नै सक्रिय

  • नेपाल फेस

  • बुधवार, चैत्र २६ २०७६


  •  

    काठमाडौं, २६ चैत ।

    कोरोना भाइरसको महामारी फैलिन नदिन राज्यले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोक्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने मेडिकल सामग्रीको अभाव छ । तर यही अभावको मौका छोपेर कमाउने धुनमा ३ हजार ५ सयको थर्मोगनलाई १५ हजारदेखि २२ हजार रुपैयाँसम्म बिक्री गर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर गु्रुपका संचालक अरबपति ब्यापारी सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन् ।  उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्यादथप गरेको छ । उनलाई छुटाउन मंगलबारदेखि नै ब्यापारीहरु सक्रिय भएका छन् । 


    राष्ट्र सकंटमा परेको बेला मेडिकल उपकरणमा कालोबजारी  गर्ने ब्यापारी अग्रवाल छुटाउन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड पनि सक्रिय भएका छन् । मारवाडी समुदायले उनीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै पहुँच पु¥याएर अग्रवाल छुटाउने पहल गरेको छ । राज्यमन्त्री दुगड बुधबार बिहानै अग्रवालका बाबु शंकर गोल्यानलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी करिब १०.३० बजेसम्म बालुवाटारमै प्रधानमन्त्री ओलीलाई भेट्न प्रतीक्षारत थिए । तर प्रधानमन्त्रीलाई भेटे नभेटेको भने स्रोतले पुष्टी गर्न सकेन । 

    शंकर गोल्यानका छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल दुवैले कोरोनाको महामारीका बेलामा मेडिकल आपूर्तिको कालोबजारी गर्दैआएका थिए । सुलभलाई प्रहरीले ग्राहकको भेषमा पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याएको मेडिकल उपकरण नै अग्रवालले कालोबजारीमा बिक्री गर्दैआएका थिए । चैत २२ मा त्रिपृुरेश्वरका विशाल सर्जिकल, तिरुपति सर्जिकल र कृष्ण इन्टरप्राइजेजबाट २२ हजार रुपैयाँसम्म थर्मोगन र ७ सयमा मास्क बिक्री भइरहेको सूचना अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकोमा पुग्यो । त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरी कालोबजारीको नाइक सुलभ अग्रवालसम्म पुग्यो । उनीसँग थर्मोगन खरिदको डिल गरी ग्राहक भनेर मंगलबार पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर गर्ने चौधरी फाउन्डेसन थियो । 

    बुधवार, चैत्र २६ २०७६०२:५३:००
    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]