Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु

नेपाल फेस

२३, कार्तिक २०७७
  • 4.4K
    SHARES

  • हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु

    सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा रहेको आदानचुली गाउँपालिकामा नियमित खोप सेवा शुरु भएको छ । अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट शुरु गरिएको हो । श्रीगनर स्वास्थ्यचौकीबाट वितरण हुने खोप उपलब्ध भएसँगै वडा नं १ देखि ५ वडामा रहेका सबै खोप केन्द्रमा लगाउन शुरु गरिएको हो । प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप शुक्रबारदेखि लगाउन शुरु गरिएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज सामशरण थापाले जानकारी दिनुभयो ।

    पहिलो दिन कल्खे सामुदायिक स्वास्थ्य एकाइको खोप केन्द्रबाट शुरु भएको यो कार्यक्रम २५ गतेसम्मका लागि निरन्तर हुने भएको इन्चार्ज थापाले जानकारी दिनुभयो । नियमित खोप गर्भवती तथा बालबालिका लागि अनिवार्य लगाइनुका साथै प्रत्येक महिना नियमितरूपमा नछुटाएर खोप लगाउँदा अन्य रोग लाग्नबाट सजिलै लड्न सक्ने हुनाले सबैले यो खोप लगाउन आवश्यक छ । रासस

    आइतवार, कार्तिक २३ २०७७१०:१८:१५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]