Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक

कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक

नेपाल फेस

२२, कार्तिक २०७७
  • 5.0K
    SHARES

  • कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक

    चरिकोट । दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पुजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय वढदै गएको कोरोना भाइसरका कारण देखाउदै सङ्क्रमणको अवस्था भन्दै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पुजापाठ गर्नका लागि वन्द गरेको जनाएको छ ।

    लकडाउनका कारण लामो समयदेखि वन्द रहेको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय अन्तरिक पर्यटक आंशिक रुपमा जान थालेका र कालिन्चोक कुरी वजार क्षेत्रका केहि होटल सञ्चालनमा आउन थालेका छन् । सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रशासन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ ।

    कालिन्चोक गाँउपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङडाडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरेको र कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐन अनुसार कार्वाही गरिने जनाएको छ । रासस

    शनिवार, कार्तिक २२ २०७७०९:१७:४२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]