Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

भन्सार र कर कार्यालयमा उपसचिव सरुवा गर्दै अर्थमन्त्रालय, शक्तिशाली उपसचिवको दौडधूप 

भन्सार र कर कार्यालयमा उपसचिव सरुवा गर्दै अर्थमन्त्रालय, शक्तिशाली उपसचिवको दौडधूप 

नेपाल फेस

२१, कार्तिक २०७७
  • 14.9K
    SHARES

  • भन्सार र कर कार्यालयमा उपसचिव सरुवा गर्दै अर्थमन्त्रालय, शक्तिशाली उपसचिवको दौडधूप 

    काठमाडौं । अर्थमन्त्रालयले उपसचिवको सरुवा निकाल्ने तयारी गरेको छ । मन्त्रालयले २ बर्ष अवधि पुगेका भन्सार र आन्तरिक राजस्व कार्यालयहरुमा उपसचिवहरुको सरुवा गर्न लागेको हो । संभवतः आजै सरुवा निकाल्ने तयारीमा अर्थमन्त्रालय छ । कात्तिक २५ देखि आधिकारिक ट्रेड युनियन निर्वाचनको आचारसंहिता लाग्ने भएकाले सरुवा गर्न मिल्दैन । आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ मंसिरमा हुने भएकाले एक महिनाअघि नै आचारसंहिता लाग्छ । त्यही भएकाले पनि अर्थमन्त्रालय कात्तिक २५ अघि नै शाखा अधिकृत र उपसचिव सरुवा गर्ने तयारीमा जुटेको छ । आज बेलुकासम्म सरुवाको सूची सार्वजनिक गर्नका लागि सचिव ढुंगानासहितका अधिकारी लागेका छन् ।

     भैरहवा, रसुवा, नेपालगंज, कृष्णनगर, महेन्द्रनगर, धनगढीका भन्सार कार्यालय प्रमुखको २ बर्ष अवधि पुगिसकेको छ । एयरपोर्ट भन्सारमा पनि २ उपसचिवको २ बर्ष पूरा भइसकेको छ । तर गएको भदौ २२ देखि अर्थमन्त्री नभएकाले अर्थले सरुवा गर्न सकेको थिएन । अर्थमन्त्रीमा नेकपाका महासचिव बिष्णुप्रसाद पौडेल नियुक्त भइसकेपछि उनले सरुवाको अधिकार सचिव ढुंगानालाई प्रत्यायोजन गरिसकेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार ढुंगानाले सरुवा सूची तयार गरिसकेका छन् । प्रशासन महाशाखाका प्रमुख बाबुराम भण्डारीलाई समेत कुन कुन उपसचिवको सरुवा हुँदैछ भन्ने जानकारी नदिई गोप्यरुपमा सूची तयार गरिएको छ । शक्तिशाली उपसचिवहरु रामप्रसाद रेग्मीको केरुङ भन्सार र गोपाल कोइरालाको भैरहवा भन्सारमा सरुवा गर्ने तयारीमा अर्थमन्त्रालय छ । यद्यपि कोइराला अर्को बर्ष सहसचिव बढुवा हुने भएकाले सरुवाका लागि इच्छुक नरहेको बताइन्छ । यी दुई भन्सारको प्रमुखमा सरुवाका लागि उपसचिवहरुको चर्को दौडधूप छ ।  

       करदाता सेवा कार्यालय, त्रिपुरेश्वर, पुतलीसडक, न्यूरोड, बालाजु, कोटेश्वर, टंगाल, महाराजगंज, ललितपुर-२ छन् । उपत्यकाबाहिरका दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, कृष्णनगर, धनगढी लगायतका आन्तरिक राजस्व कार्यालयका प्रमुखको पनि २ बर्ष अवधि पुगिसकेको छ ।

    राजस्व समूहमा रहेर काम गर्नसक्ने र विवादमा त्यति नपरेका उपसचिवहरु नरेन्द्र्र पाण्डे, शिशिर घिमिरे, भीम अधिकारी, मुक्ति आचार्यहरु भैरहवा, रसुवा र नेपालगंज भन्सारमा जाने पक्षमा मरिमेटेर लागेका छैनन् । तर रामप्रसाद रेग्मी, बोलराज आचार्यहरु भने आकर्षक भन्सार र कर कार्यालयमा सरुवा हुन नेतादेखि उच्च प्रशासकको चाकरीमा लिप्त छन् । रेग्मीले त राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीदेखि अर्थमन्त्रालयका सबै ट्रेड युनियनलाई प्रभावमा पारी भैरहवा वा केरुङ सरुवाका लागि माहौल तयार गरिसकेका छन् । उनलाई राजस्व अनुसन्धान विभागमा मैनालीले सेटिङका लागि परिचालन गर्ने गरेका छन् ।

    त्यस्तै, २ बर्षअघि प्रदेशमा समायोजन भएका र हालसालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई प्रभावमा पारी संशोधन गराई संघमै फर्किएका १४ भाइ उपसचिवमध्येका निरन भट्टराई, राजेन्द्र चुडाल, जनार्दन पौडेल र धु्रव पाण्डेले पनि आकर्षक भन्सार वा कर कार्यालय ताकिरहेका छन् ।

    शुक्रवार, कार्तिक २१ २०७७०३:३७:५६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]