Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

भारतसँगको सीमा विवादः विकल्प नम्बर तीनतिर जानु उचित होला ?

भारतसँगको सीमा विवादः विकल्प नम्बर तीनतिर जानु उचित होला ?

नेपाल फेस

२१, कार्तिक २०७७
  • 6.1K
    SHARES

  • भारतसँगको सीमा विवादः विकल्प नम्बर तीनतिर जानु उचित होला ?

    बसन्त कुँवर

    नेपालले लिपुलेक सहिततको भूभागलाई हाम्रो भनी नक्सा जारी गर्यो। भारतले त्यो भूमि हाम्रो भनी दाबा गरिरहेको छ । आफ्ना सेना त्यहाँ राखिराखेको छ । नेपालको राज्य संयन्त्र त्यहाँ जानेसम्मको अवस्था छैन । यस्तो समयमा नेपालसंग तीन विकल्प छन् ।

    १- कुनै पनि हालतमा त्यो ज़मिनबाट भारतीय सेना हटाइ आफ्नो जमिन फिर्ता लिने ।

    २- त्यो जमिनमा हक़ दाबी छोडेर भारतकै ज़मिन हो भन्ने मानी बुझाइदिने ।

    ३- नेपाल र भारत दुबैको हित र जीत हुने गरी तेश्रो बिकल्प निकाल्ने ।

    राष्ट्रियताको कुरा संबेदनशील हुन्छ । कुनै पनि देश आफ्नो एक टुक्रा जमिन छोड्न तयार हुदैन। यो कोणबाट हेर्दा बिकल्प नंबर १ अनुरुप हाम्रो ज़मिनबाट भारतीय सेना हटाइ फिर्ता लिने नै हो तर यस्का लागि कुटनैतीक पहल असफल भएमा युद्धका लागि पनि तयार हुनुपर्ने हुन्छ । भारतले जमिनको रक्षाका लागि काश्मिरको लद्दाख क्षेत्रमा जसरी चीनसग युद्ध लडिरहेको छ । जसरी चीनका सेनासग धक्कामुक्की गरिरहेको छ । फ़्रान्स लगायत देसहरुसग लडाकु लडाकु बिमान किनी युद्ध लड्ने तयारी गरिरहेको छ र काश्मिरको धारा ३०७ हटाइ उक्त जमिनलाई पुर्णतया आफ्नो स्वामित्वमा ल्याइरहेको छ । यो स्थिति हेर्दा देसको शुरक्षा र मानसरोवर जाने छोटो बाटोका लागि बाटो समेत खनी बिगत ५० बर्षदेखि कब्जा गरिराखेको उक्त भूभाग भारतले नेपाल लाइ सजिलै दिने अवस्था देखिदैन ।

    यसका लागि नेपालले युद्धको तयारी गर्नुपर्दछ र युद्ध लड्ने मामलामा भारतको हातमाथि हुनेछ । क्षति हाम्रो बढी हुने छ । युद्धबाट ज़मिन फिर्ताको संभावना न्युन देखिन्छ । दोश्रो बिकल्प भनेको त्यो जमिनबाट नेपालले आफ्नो दाबी नै छोडिदिने हो । यो कुरो पनि असंभव छ । किनकि त्यो जमिन हाम्रै हो । राजनैतिक अपरिपक्वता र राज्य संचालकहरुको बदनियत, लापरबाहीका र अज्ञानताका कारण मात्र त्यो जमिन आज भारतले क़ब्ज़ा गर्ने स्थितिमा पुगेको हो । त्यो जमिन हाम्रै हो भनी दाबी गर्नु हाम्रा लागि अपरिहार्य छ । त्यो ज़मिन हाम्रो हो भनी अन्तराष्ट्रमा समेत जानकारी गराउन जरुरी छ । यसबाट विबाद भैरहने छ । भारतले स्वतन्त्र र खुल्ला रुपमा हाम्रो जमिन उपयोग गर्न पाउने छैन ।

    तेश्रो बिकल्प छ, नेपाल र भारत दुबैको हित र जीत हुने अर्को बिकल्प निकाल्ने । मेरो ब्यक्तिगत बिचारमा हामीले कुटनैतिक पहल र युद्धबाट जमिन फिर्ता गर्न सक्तैनौ भने तेश्रो बिकल्पमा जानुपर्दछ । त्यो ज़मिन भारतका लागि चीनसंगको सुरक्षा र मानसरोवर जानका लागि चाहिएको देखिन्छ । त्यसैले उस्ले जबर्जस्ती नै गरेर भए पनि हाम्रो ज़मिन क़ब्ज़ा गर्ने रणनीति लिएको छ ।

    नेपालका लागि त्यो जमिन उपादेयताका लागि भन्दा पनि सम्मान र हकका लागि जरुरी छ । यस्तो अवस्थामा हाम्रा लागि एउटा तेश्रो बिकल्प के हुन सक्छ भने भारतलाई त्यो ज़मिन १ हज़ार बर्षका लागि लिज़मा प्रयोगमा ल्याउन दिउँ र भारतसंग झापाबाट बंगलादेस बन्दरगाहसम्म जाने करीब ३५ किलोमीटरको बाटो १ हज़ार बर्षका लागि लिजमा मागौं । यदि यस्तो हुन सक्यो भने दुबै देसले जमिन पनि छोड्नुपर्दैन र दुबै देसलाइ फाइदा पनि हुनसक्छ ।

    नेपाल र भारतबीच राहदानीको प्रयोग नभएका कारण दुबै बाटाहरु भारत र नेपालका जनताले समान रुपमा उपयोग पनि गर्न पाउने नै भए । कालापानी लिपुलेकसहितको जमिन नेपालले हाम्रो हो भनी नक्सा जारी गरिसकेपछि अब शासकहरुले यस्को निकास निकाल्न सक्नु पर्दछ । जुन प्रकारको सरकारको इच्छाशक्ति र तयारी देखिन्छ । त्यसबाट जमिन हुने छॉट देखिदैन। भारतको रुख हेर्दा नेपालले जमिन फिर्ताका लागि सैन्य गतिबिधि बढाउनपर्ने समय आइसकेको छ । तर सरकारको यस क्षेत्रमा पनि तयारी गरेको देखिदैन । सैन्य गतिबिधि पश्चात भारतका जनतालाई भन्दा नेपालका जनतालाई बढी समस्या पर्न सक्ने पनि देखिन्छ ।

    मेरो बिचारमा दुबै देसको भलाइका लागि बिकल्प नंबर तीनतिरै ध्यान दिएर गृहकार्य गर्दा उचित हुनसक्ला। नेपालले त्यो जमिनमा हक जताई नक्सा जारी गरिसकेपछि यस्को किनारा पनि लगाउन सक्नुपर्दछ ।

    (लेखक नार्कोनन नेपालका अध्यक्ष हुनुहुन्छ ।)

    शुक्रवार, कार्तिक २१ २०७७०८:४४:१२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]