Logo
  • सोमवार, माघ १२ २०७७Jan 25 2021

images

आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै

आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै

नेपाल फेस

१२, कार्तिक २०७७
  • 5.8K
    SHARES

  • आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै

    आज आश्विन शुक्ल द्वादशी, आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । 

    विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

    नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैंघर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

    यसवर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दसैं मनाइँदैछ ।

    कोरोनाकै कारण यसवर्ष दसैँ मनाउन राजधानी बाहिर जानेको भीड पनि कम भएको पाइएको छ । सडकमा विगत वर्षका जति सवारी गुडेनन् । 

    नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ । 
     

    बुधवार, कार्तिक १२ २०७७११:३२:३४

    नेपाल फेस

    सम्बन्धित समाचार