डोटी। जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ। गत वर्षमा दसैंका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा सोमबार आवतजावत शून्यप्रायः छ। प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले कोरोना जोखिमका कारण त्यस्ता मन्दिरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए।
यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबलि दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताउँछन्।