Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित

नेपाल फेस

७, कार्तिक २०७७
  • 2.1K
    SHARES

  • फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित

    एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

    यो संख्या सँगै यहाँ उक्त कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ । 

    योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।

    यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् । 

    शुक्रवार, कार्तिक ७ २०७७०६:४२:५८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]