Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

कोरोना संक्रमण रोक्न सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी

कोरोना संक्रमण रोक्न सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी

नेपाल फेस

७, कार्तिक २०७७
  • 1.5K
    SHARES

  • कोरोना संक्रमण रोक्न सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दावी गरेका छन्।

    देशवासीका नाममा शुक्रबार गरेको सम्बोधनमा प्रधानमन्त्रीले यस्तो दावी गरेका हुन्। 

    'दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ,' प्रधानमन्त्रीले सम्बोधनमा भने, 'यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ।'

    प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्नेसमेत बताए। 'पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी विरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ', उनले भने।

    सरकारले केही दिनअघि कोरोना परीक्षण र संक्रमितको उपचार सरकारले निःशुल्क गर्न नसक्ने भन्दै अति विपन्न बाहेक अरुको परीक्षण र उपचारमा शुल्क लाग्ने निर्णय गरेको थियो। यो निर्णयले सरकारको तीव्र आलोचना भएको थियो।

    शुक्रवार, कार्तिक ७ २०७७०४:४७:०२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]