Logo
  • शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images

भियतनामको बाढी र पहिरोमा १ सय १४ को मृत्यु, २१ वेपत्ता

भियतनामको बाढी र पहिरोमा १ सय १४ को मृत्यु, २१ वेपत्ता

नेपाल फेस

६, कार्तिक २०७७
  • 1.7K
    SHARES

  • भियतनामको बाढी र पहिरोमा १ सय १४ को मृत्यु, २१ वेपत्ता

    भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिले बिहीबार जनाएको छ ।

    राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम लगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार ३०० घर परिवारका कम्तीमा दुई लाख छ हजार ८०० व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।

    हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तमिा ४६ हजार ८०० घरहरू डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ ।

    भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितलाई पुनः स्थापनाका कामहरू थालिसकिएको छ भने व्यवसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ । मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ । 

    बिहिवार, कार्तिक ६ २०७७०४:५८:१३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]