Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

'रअ' प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको प्रम कार्यालयबाटै पुष्टि

'रअ' प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको प्रम कार्यालयबाटै पुष्टि

नेपाल फेस

६, कार्तिक २०७७
  • 3.4K
    SHARES

  • 'रअ' प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको प्रम कार्यालयबाटै पुष्टि

    काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ । 

    प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक प्रेस नोट जारी गर्दै प्रम ओली र गोयलबीचको भेट पुषेटि गरेका हुन् । 

    बुधबार बेलुवा दुईजनाबीच बालुवाटारमा भेट भएको थापाले जानकारी दिए । 

    भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

    रअ प्रमुख गोयलको भेटबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा केही बताएको छैन । प्रधानमन्त्रीको मातहतबाट नै यो भ्रमण भएकाले परराष्ट्रलाई जानकारी नै नभएको बताइएको छ । 

    यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने गोयलसँग भेट नभएको भन्दै विज्ञप्ती जारी गरिसकेका छन् । 

    बिहिवार, कार्तिक ६ २०७७०१:००:२९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]