Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब रुपैयाँको नयाँ नोट

राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब रुपैयाँको नयाँ नोट

नेपाल फेस

६, कार्तिक २०७७
  • 5.9K
    SHARES

  • राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब रुपैयाँको नयाँ नोट

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि बजारमा पठाएको हो । 

    नयाँ नोट बैंकहरुमार्फत सर्वसाधारणकोमा पुग्ने बताइएको छ । यसरी नयाँ नोट बजारमा पठाइएपनि अघिल्ला वर्ष झैं यो वर्ष राष्ट्र बैंकले सबै दरका नयाँ नोट भने बजारमा पठाएको छैन । नयाँ नोट बिस्तारै बैंकिङ च्यानलबाट पठाइने भएको छ । 

    सर्वसाधारणको भीडभाड हुनसक्ने जोखिम भएकाले यो वर्ष सबै दरका नयाँ नोट बजारमा नपठाइएको राष्ट्र बैंकले यसअघि जनाइसकेको छ । 

    दशैं लक्षित नयाँ नोट नपठाएपनि राष्ट्र बैंकले नियमित रुपमा ती नोटहरु पठाउने जनाएको छ । 

     
     
     

    बिहिवार, कार्तिक ६ २०७७१२:३७:४०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]