Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

दुई महिनामै भित्रियो १६५ अर्ब रेमिट्यान्स

दुई महिनामै भित्रियो १६५ अर्ब रेमिट्यान्स

नेपाल फेस

५, कार्तिक २०७७
  • 10.7K
    SHARES

  • दुई महिनामै भित्रियो १६५ अर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा गत बर्षभन्दा ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले बढेको हाे।

    राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म ८ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने लगभग शतप्रतिशत हाराहारीमा नै यस अवधिमा घटेका छन् ।

    केन्द्रय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

    बुधवार, कार्तिक ५ २०७७०६:०४:२०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]