Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

गायिका गौतमको म्यूजिक भिडियो ‘ डिजिटल फोटो’ बजारमा

गायिका गौतमको म्यूजिक भिडियो ‘ डिजिटल फोटो’ बजारमा

नेपाल फेस

४, कार्तिक २०७७
  • 3.0K
    SHARES

  • गायिका गौतमको म्यूजिक भिडियो ‘ डिजिटल फोटो’ बजारमा

    काठमाडौं । दर्जनौं गीतमा स्वर दिएर सांगीतिक बजारमा भिन्नै छाप छाड्न सफल गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायन क्षेत्रमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका गौतमले फरक प्रस्तुतिका साथ ‘डिजिटल फोटो’ को म्युजिक भिडियो लिएर आएकी छन् । उनको म्यूजिक भिडियोले दर्शक र स्रोताको ध्यान तान्न सफल भएको छ ।

    गीतकार कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक भएको गायिका गौतमको म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कँडेलको मुख्य अभिनय रहेको छ ।

    भिडियो हेर्नका लागि क्लीक गर्नुु्स्ः 

    मंगलवार, कार्तिक ४ २०७७०५:५२:१०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]