Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

नेपाल फेस

१, कार्तिक २०७७
  • 1.4K
    SHARES

  • रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो ।

    अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बस्नुभएका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 

    प्रदेश नं १ः कोरोना सङ्क्रमणबाट थप पाँचको मृत्यु
    प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।  यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।

     सामाजिक विकास मन्त्रालयले  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ ।   प्रदेशमा सोही अवधिमा ४८१  कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

     यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ ।  हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

    शनिवार, कार्तिक १ २०७७०९:२४:३१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]