Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

२२ किलो सुन बरामदः २ घन्टापछि सुनजस्तो देखिने पदार्थमात्रै ? 

२२ किलो सुन बरामदः २ घन्टापछि सुनजस्तो देखिने पदार्थमात्रै ? 

नेपाल फेस

१, कार्तिक २०७७
  • 4.0K
    SHARES

  • २२ किलो सुन बरामदः २ घन्टापछि सुनजस्तो देखिने पदार्थमात्रै ? 

     बीरगंज । पर्सा प्रहरीले शनिबार अपराह्न ४ बजेर १३ मिनेटमा २२ किलो ६७५ ग्राम सुन बरामद गरेको समाचार प्रायः सबै समाचारमाध्यममा प्रकाशित भयो । पर्सा प्रहरीले पठाएको विज्ञप्तिकै आधारमा सबै संचारमाध्यमले करिब २० करोड मूल्यको सुन बरामदको समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरे ।

    अवैध सुनमात्र होइन, २ किलो २ सय ६२ ग्राम चाँदी पनि बरामद भएको विज्ञप्ति समाचारमाध्यममा पठाएको थियो । तर बरामद हुनासाथ सुन भनेर विज्ञप्ति पठाएको प्रहरीले साँझ ६ बजेर २१ मिनेटमा अर्को विज्ञप्ति पठायो । जसमा उल्लेख थियो, २२ किलो ६७५ ग्राम सुन बरामद भएको भनिएकोमा सुनजस्तो देखिने पदार्थ भएकाले सच्याइएको उल्लेख छ ।

     १ सय २८ मिनेटमै सुन नभई सुन जस्तो देखिने पदार्थ भनेर सच्याइएको भनी अर्को विज्ञप्ति पठायो । प्रहरीले सुन हो होइन एकीन नगरी हतारमा पठाएको हो कि सुन एकाएक गायब भएर सुन जस्तो पदार्थ देखिएको हो भन्ने आशंका गर्ने ठाउँ दिएको छ । पहिला सुन भनेर ठहर गरी विज्ञप्ति पठाइएको र २ घन्टापछि सच्याई सुनजस्तो पदार्थ भनेर अर्को विज्ञप्ति पठाउँदा भ्रम उत्पन्न भएकोबारेमा पर्साका एसपी गंगा पन्तले भनिन्, भ्रम नपर्नुहोला । सुरुमा सुन भने पनि प्राविधिक रुपमा परीक्षण नगरिएका कारण विज्ञप्ति सच्याइएको उनले बताइन् । उनले भनिन्–‘सुन नै हो, तर एकीन नगरिएकाले पुनः सच्याई विज्ञप्ति पठाइएको हो ।’

    sun.jpg

    पर्सा प्रहरीले जारी गरेका फरक फरक विज्ञप्ति

    रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं फ्ल्याटमा सुन तथा चाँदी लुकाइ छिपाई राखिएको छ भन्ने बिशेष सूचनाको आधारमा पर्सा प्रहरीका एसपी गंगा पन्तको नेतृत्वमा गएको टोलीले छापा मारेको थियो । पन्तको कमाण्डमा गएको प्रहरी टोलीले भारतको पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको फ्लैटबाट स्थानीय भद्र भलादमीको रोहबरमा रितपूर्वक खानतलासी तथा बरामद गरेको सुन ल्याएर अनुसन्धान भइरहेको जनाएको थियो । पर्सा प्रहरीले आधिकारिक फेसबुक पेजमा पनि सुन बरामद गरेको सूचना राखेको छ ।
     
    यसअघि गएको असार १३ मा महानगरीय प्रहरी प्रभाग दरबारमार्गले १४ किलो सुन बरामद भएको भनेर विज्ञप्ति पठायो । तर पछि चाँदीमा सुुनको जलप लगाएको चाँदी भएको भन्दै अर्को सूचना सार्वजनिक गरेपछि विवादमा परेको थियो । सुन बरामदको घटनास्थल नै एक ठाउँ भनिएकोमा अर्को ठाउँ भएको जस्ता एकपछि अर्को रहस्यका कुरा बाहिरिएका थिए । 

    शनिवार, कार्तिक १ २०७७०८:१४:४४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]