Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

नेपाल फेस

१, कार्तिक २०७७
  • 990
    SHARES

  • बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

    एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ । महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने पाँच हजार ६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

    सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

    बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।  

    शनिवार, कार्तिक १ २०७७०६:३१:४८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]