Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

नेपाल फेस

१, कार्तिक २०७७
  • 1.3K
    SHARES

  • सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

    एजेन्सी । भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमती कार्यान्वयनका बारेमा कुराकानी गर्नुभएको हो ।

    उहाँहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतीका विषयमा छलफल भएको थियो ।

    “श्रीलङ्का लागि भारतीय उच्च आयुक्तले श्रीलङ्काका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ,” भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ । भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलङ्काका उर्जा मन्त्री उदय गम्मान्पीलासँग उर्जा सुरक्षा प्रवद्र्धनका बारेमा छलफल गर्नुभएको थियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमती भएको थियो ।  

    शनिवार, कार्तिक १ २०७७०४:०९:५९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]