बारा । जिल्ला प्रहरी कार्यालय बाराको टोलीलाई प्रहरी चौकी छतवामा तस्करहरुको समूहले आक्रमण गरेको छ । सीमा क्षेत्रबाट निर्वाध तस्करी गर्दैआएका तस्करहरुलाई जिल्लाबाट टोली खटाएर नियन्त्रण गर्न खोज्दा उल्टै आक्रमण भएको छ ।
आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेको छ ।
जिल्लाका बिभिन्न नाकाबाट भन्सारछलीका सामान भित्रने गरेको सूचनापछि बारा प्रहरीले नाका नाकामा कडाइ सुरु गरेको छ । जिल्ला प्रहरीको टोली आइतबार धान बरामदपछि त्यस क्षेत्रमा तस्करी रोक्नका लागि सोमबार बिहान छतवा पुगेको थियो । तर तस्करी रोक्न पुगेको जिल्लाको टोलीमाथि एक्कासी तस्करको समूहले आक्रमण सुरु गरेको थियो ।

जिल्लाबाट खटिएको टोलीमाथि आक्रमण हुँदा छतवा चौकीका इन्चार्ज बरिष्ठ सई श्याम यादवसहित सबै प्रहरी चौकी नै खाली गराई हिंडेका थिए । तस्करहरुले सीमाका प्रहरी चौकी कसरी कब्जामा लिएर तस्करी गर्छन् भन्ने दृष्टान्त बाराको छतवा प्रहरी चौकीका प्रहरीहरु चौकी नै छाडेर हिंडेको घटनाबाट पुष्टि भएको छ ।
प्रहरी टोलीमाथि आक्रमण गरेको तस्करको समूहले आइतबार बरामद गरिएको १८ बोरा धान पनि लु्टेर लगेको छ । बारा प्रहरीका अनुसार चौकी खाली गरेर हिंडेका २ प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन भइरहेको छ ।
छतवा चौकीका इन्चार्ज श्याम यादव भने अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चौकी खाली गरेर हिंडेकामध्ये छतवा चौकीका २ प्रहरीलाई छानबिनका लागि ल्याइएको बताए । उनले भने– इन्चार्ज श्याम यादव सम्पर्कमा आइनसकेको र चौकी खाली गरेर हिंड्नेहरुको बारेमा अनुसन्धान भइरहेको छ ।
इन्चार्ज यादवले नै बरामद धान लिन जाने जिल्लाको प्रहरी टोलीमाथि स्थानीयलाई उचालेर आक्रमण गर्न लगाएको आरोप छ । चौकी नै खाली गरेर हिंडेका प्रहरीलाई निलम्बन गर्नका लागि बारा प्रहरीका एसपी सुरेश काफ्लेले प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्न लागेका छन् ।
बरिष्ठ सईसम्मको निलम्बन गर्ने अधिकार कानुनले प्रहरी महानिरीक्षकलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले निलम्बनको सिफारिस गर्न लगाएको थाहा पाएपछि चौकी छाडेर फरार भएका बरिष्ठ सई यादवले विभिन्न नेतामार्फत् दबाब दिन सुरु गरेका छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर चितवनको एसपी हुँदा श्याम यादव सादा पोशाकमा परिचालित घुमुवा थिए । त्यही सम्बन्धका आधारमा उनी कुँवरलाई भनसुन गरी चौकी नै खाली गरेर हिंडे पनि जोगिने दाउमा छन् ।
चौकी नै खाली गरी स्थानीयलाई उचालेर प्रहरीमाथि नै आक्रमण गर्न लगाउने श्याम यादवको अक्षम्य अपराधलाई आईजीपी कुँवरले माफ दिने संभावना भने कम छ । श्याम यादवले माओवादीका स्थानीय नेतामार्फत् गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म निलम्बन नगर्नका लागि गुहार मागिरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend