Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

प्रदेशमा जान नमानेका सहसचिवलाई छेन्दुको महाबाणिज्यदूत बनाउने तयारी

प्रदेशमा जान नमानेका सहसचिवलाई छेन्दुको महाबाणिज्यदूत बनाउने तयारी

नेपाल फेस

१४, आश्विन २०७७
  • 14.5K
    SHARES

  • प्रदेशमा जान नमानेका सहसचिवलाई छेन्दुको महाबाणिज्यदूत बनाउने तयारी

    लोकदर्शन रेग्मी र दिनेशकुमार घिमिरे

    काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले भदौ १० मा प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयको सचिवमा सरुवा गरिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव दिनेशकुमार घिमिरे अहिलेसम्म पनि खटाएको ठाउँमा गएका छैनन् ।

    सरुवा कार्यान्वयन गराउनुपर्ने र खटाएको ठाउँमा जानका लागि प्रेरित गर्नुपर्ने मुख्यसचिव लोकदर्शन रेग्मीले नै सरुवा भएका सहसचिवलाई रोकेका छन् । सहसचिव घिमिरे नभए प्रधानमन्त्री कार्यालयका कामै गर्न नसकिने भन्दै मुख्यसचिव रेग्मीले उनलाई खटाएको ठाउँमा जानुनपर्ने भन्दै रमाना दिएका छैनन् । प्रदेशमा सरुवा भए पनि अटेर गर्दैआएका सहसचिव घिमिरेलाई चीनको छेन्दु सहरको महाबाणिज्यदूत बनाएरै छाड्ने दाउमा रेग्मी लागेका छन् । प्रदेशमा चाहिँ नजाने तर महाबाणिज्य दूतमा जानका लागि सहसचिव घिमिरे पनि मुख्यसचिवदेखि विभिन्न शक्तिकेन्द्रको चाकडीमा ब्यस्त छन् । मुख्यसचिवबाट बिदा हुँदै गर्दा घिमिरेलाई छेन्दुको बाणिज्यदूत बनाउन रेग्मी लागिरहेका छन् ।

    सहसचिवहरु प्रदेशमा जान अनेक घरायसी समस्या देखाउने तर हङकङ, कलकत्ता, ग्वाङ्झाउ, छेन्दु, ल्हासाको महाबाणिज्यदूतमा जान भने ती समस्याले उनीहरुलाई छेक्दैन । महाबाणिज्यदूत हुन घरायसी समस्या नहुने तर प्रदेशमा सरुवा हुँदा समस्या देखाउने प्रवृृत्ति सहसचिवहरुमा देखिएको छ । मुख्यसचिव रेग्मीले प्रधानमन्त्री कार्यालयका अर्का सहसचिव राजेन्द्रकुमार पौडेललाई पनि रमाना नदिई राखेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा सरुवा भएका पौडेल पनि १ महिना बितिसक्दा पनि सरुवा भएको मन्त्रालयमा गएका छैनन् ।

    बुधवार, आश्विन १४ २०७७०९:११:५५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]