Logo
  • शुक्रवार, कार्तिक ७ २०७७Oct 23 2020

images

विद्युत प्राधिकरणको पचासौं करोडको जग्गा कब्जा गर्दै सूर्य नेपालका महाप्रबन्धक शाह

विद्युत प्राधिकरणको पचासौं करोडको जग्गा कब्जा गर्दै सूर्य नेपालका महाप्रबन्धक शाह

नेपाल फेस

१२, आश्विन २०७७
  • 5.0K
    SHARES

  • विद्युत प्राधिकरणको पचासौं करोडको जग्गा कब्जा गर्दै सूर्य नेपालका महाप्रबन्धक शाह

     प्रभाकर शाह

    काठमाडौं । एकपटक शेयर दिएर हिसाव मिलान गरिसकेको जग्गालाई पुनः दाबी गर्दै आएका सूर्य नेपाल प्रालिका महाप्रवन्धक प्रभाकर शाहले उच्च अदालतमा सेटिङ नै मिलाएर मुद्दा जितेपछि नेपाल विद्युत प्राधिकरणले उपकरण राख्नका लागि ठाउँ नै अभाव हुने भएको छ ।  

    नेपाल विद्युत प्राधिकरणले भोगचलन गर्दै आएको पचासौं करोडको बीरगञ्जको १८ कट्ठा जग्गा हात पार्न उनले दलालमार्फत् ठूलो धनराशी खर्च गर्ने प्रपञ्च मिलाएका छन् ।

    जिल्ला अदालतले विद्युत प्राधिकरणका नाममा फैसला गरिदिएपछि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज शाखाले झण्डै ६० करोडका उपकरणहरु जडान गरेको उक्त जग्गालाई उच्च अदालतले भने शाहको पक्षमा फैसला गरिदिएको छ । उच्च अदालतमा सेटिङ गरी आफ्नो पक्षमा आदेश गराएका शाहले सर्वोच्च अदालतमा पनि बिचौलियामार्फत् मिलाउन लागेको स्रोतको दाबी छ ।  प्रभाकरका पिता पूर्णबहादुर शाहले प्राधिकरणले भोगचलन गरेको बीसौं बर्षपछि हठात् २०५७ साल मंसिर ८ गते मुआब्जा पाउनका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका थिए । त्यसपछि मात्रै जग्गाको विषयवस्तु थाहा भएको थियो ।

    प्राधिकरणले छानविन समिति नै गठन ग¥यो । छानविन समितिले दिएको प्रतिवेदन अनुसार २००५ सालमा वीरगञ्ज इलेक्ट्रिक सप्लाई कर्पोरेशन लिमिटेड स्थापना गरेको थियो । प्रभाकरका बाजे पुरेन्द्र विक्रम शाहले उक्त जग्गा वीरगञ्ज इलेक्ट्रिकल सप्लाई कर्पोरेशन लिमिटेडलाई दिएबापत १९ प्रतिशत शेयर लिएका थिए । यसरी शेयर बाँडफाँड गरेपछि उक्त कम्पनीले २०१६ साल देखि नै व्यवसाय शुरु गरेको थियो । बि.स. २०१७ सालमा तत्कालीन उद्योग वाणिज्य मन्त्रालयले कम्पनीलाई स्वेच्छिक खारेजीमा लगेर ४५ प्रतिशत नोक्सानीमा परेको प्रतिवेदन पेश गरिएको थियो । जस अनुसार ५५ प्रतिशत सम्पूर्ण सम्पत्ति फिर्ता गरिएको थियो । यसरी प्रभाकरका हजुरबुवा पुरेन्द्र विक्रम शाहले शेयरधनीले पाउने सबै रकम लिएका थिए ।

    जग्गाको हकभोग छाडे बापत पैसा लिइसकेका प्रभाकर शाहका बाजे पुरेन्द्र विक्रम र बाबु पूर्ण बहादुर शाहको पनि निधन भइसकेको छ । 
    अहिले विद्युत प्राधिकरणलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले शाहको पक्षमा मुद्दा जिताएर प्राधिकरणलाई हराइदिएको छ । त्यसको विरुद्धमा नेपाल विद्युत प्राधिकरण सर्वोच्च अदालतमा पुगेको छ । तर शाहले प्राधिकरणका कानून शाखाका ब्यक्तिहरुलाई नै आर्थिक प्रलोभनमा पारेर मुद्दा कमजोर पार्न सकिन्छ भन्दै आफू निकटका कानून व्यवसायीसँग छलफल गरेको स्रोतको दाबी छ । प्राधिकरणका कानूनी सल्लाहकारहरु शाहको हण्डीमा पर्छन् कि पर्दैनन् हेर्न बाँकी नै छ ।

    त्यसो त महाप्रवन्धक शाहले उक्त जग्गा सर्वोच्च अदालतमा पनि पक्षमा पार्न सफल भए भने प्राधिकरणको ६० औं करोडका उपकरण कहाँ लाने हो भन्न सकिदैन । यो मुद्दालाई कमजोर बनाएर प्राधिकरणकै कर्मचारीले करोडौं रुपैयाँ हात पार्न खोजेको स्रोतको दाबी छ । 

    यस विषयमा नेपाल विद्युत प्राधिकरणका कानून विभाग प्रमुख तुलाराम गिरीसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।

    को हुन् प्रभाकर शाह ?
    प्रभाकर शाह सूर्य नेपाल प्रालिका महाप्रवन्धक हुन् । तीन छोरीका पिता शाहले मद्रासमा होस्टलमा बसेकी एक छोरीलाई गह्रो भएको भन्दै तुरुन्तै पाँच करोड रुपैयामा घर नै किनिदिएकाथिए । पढाउनका लागि मासिक लाखौं रुपैया खर्च गर्न सक्नेले सरकारी जग्गामा आँखा गाड्नुले वीरगन्जबासीहरु छक्क परेका छन् । उनकी एक छोरीको मारवाडीसँग विवाह भइसकेको छ । छपकैयापोखरीको सार्वजनिक पोखरी रहेको जग्गा राजाका भारदार प्रमोदविक्रम शाहले हड्पेको देखेका वीरगञ्जबासीहरु अर्को सरकारी जग्गा पनि त्यसैगरी कब्जा गर्न लागेको देखेपछि चिन्तित बनेका छन् ।

    चुरोटको व्यवसाय गर्ने कम्पनीका महाप्रवन्धक भएर लार्खौ तलबले नपुगेर शाहले अहिले विद्युत प्राधिकरणले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा गिद्धेदृष्टि लगाएका हुन् । पैसा भएपछि नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजको सिद्धान्तलाई राम्ररी बुझेका शाहले कानून नै हातमा लिएर सरकारी जग्गा हडप्न लागेका हुन् । डायरी एक्सप्रेस साप्ताहिकबाट

    तस्वीर साभारः बिजमाण्डु डटकम 

     

    सोमवार, आश्विन १२ २०७७०८:४९:३१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]