Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

राजस्वका १४ शक्तिशाली उपसचिवः जसका अगाडि सरकार झुक्यो

राजस्वका १४ शक्तिशाली उपसचिवः जसका अगाडि सरकार झुक्यो

नेपाल फेस

१२, आश्विन २०७७
  • 36.0K
    SHARES

  • राजस्वका १४ शक्तिशाली उपसचिवः जसका अगाडि सरकार झुक्यो

    काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतका राजस्व समूहका १४ उपसचिवको समायोजन संशोधन भएको छ । ती उपसचिवको समायोजन प्रदेशमा भए पनि साम दाम दण्डभेद प्रयोग गरी उनीहरुले केही दिनअघि संशोधन गराएका छन् । मन्त्रिपरिषदले उपसचिवको सरुवा संशोधन गर्ने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रस्तावमा गरेको छ ।

    सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषदले निर्णय गरे पनि मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणित गरेका छैनन् । उनी समायोजन भइसकेका र अदालतमा मुद्दा हालेर सरकारलाई चुनौती दिने उपसचिवको कुनै हालतमा संशोधन गरी संघमा ल्याउनु नहुने पक्षमा थिए । उनी असहमत भएकै कारण त्रिपाठी मन्त्री हुनासाथ ती उपसचिवहरुको समायोजन संशोधन गराउने प्रयास सफल हुन सकेको थिएन । राजस्व समूहका १४ उपसचिव २०७५ फागुनमा समायोजन भई प्रदेशमा खटिएका थिए । तर उनीहरु सर्वोच्च अदालतमा मुद्दा दायर गरी खटाएको कार्यालयमा नगई संघमै कार्यरत छन् ।  उनीहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनको निर्णयलाई चुनौती दिंदै केन्द्रकै कर र राजस्वमा कार्यरत रहिआएका छन् । कर र भन्सार कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गरेका ती उपसचिवहरुले सामान्य प्रशासन मन्त्री त्रिपाठीलाई प्रतिब्यक्ति दररेट तोकेरै संकलन गरी बुझाएको आरोप लाग्दैआएको छ ।

     २०७५ फागुनमा प्रदेशमा समायोजन भएर खटाएको प्रदेशमा नगएका राजस्व समूहका उपसचिवहरूमा किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, धु्रवप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे छन् । उनीहरुमध्ये राजेन्द्र चुडाल झापाका हुन् । उनी प्रधानमन्त्री केपी ओलीलाई नै प्रभावमा पार्नसक्ने भन्दै सरुवा भएको कार्यालयमा नगई भन्सार विभागमा कार्यरत छन् । निरन भट्टराईले मन्त्री त्रिपाठीलाई प्रभावमा पार्ने जिम्मा पाएका थिए ।

    समायोजन संशोधन भइसकेपछि यी शक्तिशाली राजस्वका उपसचिवहरुले मुख्य मुख्य भन्सार कार्यालयको प्रमुखमा सरुवा हुनका लागि दबाब दिन थालेका छन् । निरन भट्टराईले भैरहवा भन्सारको प्रमुृखका लागि अर्थसचिव शिशिरकुमार ढुंगानामाथि दबाब दिन थालेका छन् । राजेन्द्र चुडाल र जनार्दन पौडेल पनि आकर्षक कर वा भन्सार कार्यालयमा सरुवा हुनका लागि दौडधूपमा लागिसकेका छन् । आजको साँघु साप्ताहिकबाट

    सोमवार, आश्विन १२ २०७७०८:३२:५७

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]