Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

मन्त्री बन्ने दौडमा रहेका सांसद आलेमाथि लाग्यो गम्भीर आरोप

मन्त्री बन्ने दौडमा रहेका सांसद आलेमाथि लाग्यो गम्भीर आरोप

नेपाल फेस

८, आश्विन २०७७
  • 98.8K
    SHARES

  • मन्त्री बन्ने दौडमा रहेका सांसद आलेमाथि लाग्यो गम्भीर आरोप

    काठमाण्डौं । आफ्नै पार्टीका केही नेताहरुलाई सामाजिक सन्जाल लगायतका मिडिया मार्फत् गाली गर्नका लागि लगानी गर्दै आएका डोटीका संघीय सांसद प्रेमबहादुर आलेमगर बिगत लामो समयदेखि काठ ब्यवसायी ब्यवसायी रहेको दर्जनौं प्रमाण फेला परेका छन । उनले आफूलाई मन्त्री बन्न सहयोग नगरेको आरोप लगाउदै केही नेताहरुलाई सामाजिक सन्जाल र बिभिन्न मिडियामा गाली गर्न प्रयोग गर्दैआएका छन् । अब हुने मन्त्रिपरिषद बिस्तारमा उनी जसरी पनि पर्नका लागि सुदूर पश्चिम प्रदेशका नेकपाका अध्यक्ष कर्णबहादुर थापा र अनेरास्ववियूका संयोजक ऐन महरको फेरोसमाउन पुगेका छन् । थापा र महरले उनलाई जसरी पनि प्रधानमन्त्री ओलीलाई भनेर मन्त्री बनाउने आश्वासन दिएका छन् । मन्त्री बनाउन सहयोग गर्नेहरुलाई उनले ठूलो सहयोग गर्ने भन्दै जसरी पनि झण्डा हल्लाउने ब्यवस्था गर्न हारगुहार गरिरहेका छन् ।

    aale.jpg

    केही महिना अघि मात्रै बिभिन्न सन्चार माध्यममा आफूले हालसम्म काठ ब्यवसाय नगरेको दावी गरेका आलेमगरलाई विगतमा काठ ब्यवसाय गर्दै गर्दा वन मुद्दा लागेको पाइएको छ । साबिकको छतिवन गासि वडा नं. ९ रुपसकाँडा बस्ने प्रेमबहादुर आलेमगर र उनका सहयोगी साझेदार सोही गाबिसको वडा नंं ८ बस्ने राधेश्याम बडायरलाई छतिवन गाबिसको वडा नं. ५ र ८ का बिभिन्न स्थानमा अबैध सल्ला जातका रुखहरु कटानी गरेको भनि जिल्ला अदालत डोटीमा अभियोग पत्र दर्ता गरिएको थियो । आलेमगरमाथि अभियोग पत्र दर्ता गर्दाका बखत उनी जिल्ला बिकास समिति डोटीका सदस्य तथा इलाका नंं ६ का क्षेत्रपाल रहेका थिए ।

    २०५५ साल बैशाख १० गते तत्कालीन जोरायल रेन्ज पोष्टका वनरक्षक प्रेमबहादुर खड्काले सो सम्बन्धी जिल्ला वन कार्यालय डोटीमा प्रतिबेदन पेश गरेका र बैशाख १३ गते  रेन्जर कृष्णदेब यादव लगायतको अनुसन्धान टोलीसँग स्थानीय पूर्णसिंह जेठारा सहित २४ जनाले ती काठहरु राधेश्याम बडायर र प्रेमबहादुर आलेमगरका हुन् भनी बरामदी मुचुल्कामा हस्ताक्षर गरेका थिए । बडायर र आलेमगरले कटानी गराएका काठहरु मेलखोला, कमला खोला, जजना खोला लगायतका स्थानमा ११ हजार २ सय ३२ क्यु फिट अबैध काठहरु बरामद गरिएको थियो ।

    बनरक्षक प्रेमबहादुर खड्का समेतले आरोपित मध्यको राधेश्याम बडायरलाई पक्राउ गरे पनि प्रेमबहादुर आलेमगर उछृङखल भएकाले जीउ ज्यानको खतरा हुने भनी पक्राउ गर्न र पत्र पठाउन नसकिएको प्रतिबेदन बुझाएका थिए । आरोपित आलेमगर र बडायरले वन ऐन २०४९ को दफा ४९ को घ र ङ को विपरीत कसुर गरेकाले निजहरुलाई सोहि ऐनको दफा ५० (१) (घ) ४ नंं बमोजिम जनही बिगो रकम रु. ४ लाख ४९ हजार ३ सय १४ पैसा ४० को दोव्वर  ८ लाख ९८ हजार ६ सय २९  र एक बर्ष कैद माग दावी गरिएको थियो ।  जिल्ला अदालत डोटीमा थुनछेक बहसमा धरौटी बुझाउन नसकेपछि हालका डोटीबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले मगरलाई हालका जिल्ला बिकास समिति डोटीका संयोजक तथा तत्कालीन इलाका नं। ११ का क्षेत्रपाल रामबहादुर ऐरले आफ्नो जग्गाको लालपूर्जा धरौटी राखेर छुटाएका थिए ।

    त्यसताका सांसद आलेमगर डोटीका चर्चित काठ ब्यवसायी  थिए । उनको काठ ब्यवसाय जिल्ला बिकास समितिको सदस्य, तत्कालीन नेकपा (एमाले) डोटीको उपसचिब दुई कार्यकाल रहँदा पनि यथावत नै रहेको डोटीका काठ ब्यवसायीहरु बताउँछन् । संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं. २ बाट उम्मेदवार बनेपछि अप्रत्यक्ष रुपमा काठ व्यवसाय गर्दै आएका थिए । त्यसपछि काठ कटानी खोल्न दवाव दिने, आफूलाई आर्थिक सहयोग गर्नेहरुलाई ठेक्का मिलाउन सेटिङ मिलाउने र काठ ब्यवसायीसँग कमिशन असुल्ने कार्यमा रहेको रहेको बताइन्छ ।

    सुदूर पश्चिममा क्रियाशील काठ ब्यवसायीहरुका अनुसार आफूलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने काड ब्यवसायीलाई ठेक्का तथा काठ नपाएकाले आले मगरले बैज्ञानिक वनमा अनियमितता भएको भनी चर्कोे आवाज उठाएका थिए । कैलाली जिल्लामा बैज्ञानिक वनमा भएको अनियमितता छानविन गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा घुस लिएको आरोपमा कारवाहीमा रहेका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई वन बिज्ञको रुपमा आफूसँगै सहभागी गराएका थिए ।

    त्यसो त लेखासमितिको सदस्य रहेका आलेमगरले कांग्रेस सभापति शेरबहादुर देउवाका साला प्रदीप राणाको प्रभावमा परी नेपाल वायुसेवा निगमको इन्जीन मर्मतको ठेक्का नै अवरुद्ध गरेका थिए । राणा एजेन्ट रहेको लुफ्थान्सा नछानिएपछि लेखासमितिका सभापति भरतकुमार साह सहितका नेकपाका आलेहरुले उसैलाई दिन तत्कालीन निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई निर्देशन दिने निर्णय गरेका थिए । राणाको लुफ्थान्सालाई नै ठेक्का दिन लेखासमितिले क्षेत्राधिकार नै नाघेर निर्देशन दिएको बिषय त्यतिबेला पनि विवादमा परेको थियो । ठेकेदारको प्रभावमा सभापति साह त कांग्रेसका तर्फबाट भएकाले पर्नु स्वभाविक मानिए पनि आलेसहितका नेकपाका सांसद पनि देउवाका सालाको प्रभावमा परेका थिए ।

     

    बिहिवार, आश्विन ८ २०७७०८:४४:१८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]