Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै

नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै

नेपाल फेस

४, आश्विन २०७७
  • 1.4K
    SHARES

  • नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

    बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।

    आइतवार, आश्विन ४ २०७७०८:५९:२२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]