Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

उपत्यकामा कोरोनाको कारण एक सातामै ३१ जनाको मृत्यु

उपत्यकामा कोरोनाको कारण एक सातामै ३१ जनाको मृत्यु

नेपाल फेस

३१, भाद्र २०७७
  • 990
    SHARES

  • उपत्यकामा  कोरोनाको कारण एक सातामै ३१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो सयम कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढेसँगै काठमाडौ उपत्यकामा जोखिम पनि बढेको छ । दैनिक ५ सय भन्दा बढी संक्रमित थपिएको काठमाडौंमा कोरोनाको कारण ज्यान गुमाउने पनि बढिरहेको छ । 

    पछिल्लो एक सातामै काठमाडौं उपत्यकामा ३१ जनाको मृत्यु भैसकेको छ । हालसम्म भने उपत्यकामा कोरोनाको कारण ८८ जनाको मृत्यु भैसकेको छ ।  

    गत मंगलबार ४ जना, सोमबार ८ जना र आइतबार ६ जनाको मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमण सुरुभएदेखि यता उपत्यकामा ९५ प्रतिशत मृत्यु एक महिनाको अवधिमा भएको तथ्याकंले औल्याएका छन्।  

    पछिल्लो मृत्यु हुनेहरुको तथ्याकंले धेरै जसो दीर्घरोगी,शरिरको प्रतिरक्षा प्रणाली कमजोर भएका र बृद्ध–बृद्धा रहेकोले उनीहरुलाई घर बाहिर ननिस्कन र उनीहरुमा संक्रमणको जोखिम कम गराउन परिवारले सहयोग गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

    अहिलेसम्म  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेको छ। कुल संक्रमित मध्ये ०.६५ प्रतिशत को मृत्यु भएको छ ।  

     

    बुधवार, भाद्र ३१ २०७७१२:४७:२१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]