Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

शशांक कोइराला अस्पताल भर्ना, तीन जना चिकित्सकको निगरानीमा उपचार हुँदै

शशांक कोइराला अस्पताल भर्ना, तीन जना चिकित्सकको निगरानीमा उपचार हुँदै

नेपाल फेस

३१, भाद्र २०७७
  • 1.7K
    SHARES

  • शशांक कोइराला अस्पताल भर्ना, तीन जना चिकित्सकको निगरानीमा उपचार  हुँदै

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेशनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । उनलाई मंगलबार राति ८ बजे ओम अस्पताल भर्ना गरिएको हो । 

    अहिले उनलाई तीन जना चिकित्सकको विशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।  मेडिकल डाइरेक्टर डा. विश्वनाथ कोइरालाको नेतृत्वमा टेस्ट फिजिसियन डा. सुवोधसागर ढकाल र सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठको टोलीले उनको उपचार गरिरहेको बताइएको छ । 

    कोइरालालाई ज्वरो बढेसँगै अस्पताल ल्याइएको र उनीमा उनलाई अहिले निमोनियाको शंका गरिएको अस्पताल स्रोतले बताएको छ । उनलाई पछिल्ला सात दिनदेखि लगातार ज्वरो आइरहेको र ज्वरो नियन्त्रण नभएकाले अस्पताल लगिएको बताइएको छ । 

     

    बुधवार, भाद्र ३१ २०७७११:२०:३३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]