Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

नेपाल फेस

३१, भाद्र २०७७
  • 972
    SHARES

  • जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

    टोकियो । जापानका नयाँ प्रधानमन्त्री पदमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार संसद्‍मा भएको मतदानमा ३ सय १४ मतसहित उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसद्को तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिका ४ सय ६५ सदस्यमध्यबाट ३ सय १४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।  

    स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५ सय ३४ मध्येबाट ३ सय ७७ मत प्राप्त गरेका थिए । 

    प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।

     

    बुधवार, भाद्र ३१ २०७७११:०८:०९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]