Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपाल फेस

३१, भाद्र २०७७
  • 1.7K
    SHARES

  • लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    फाइल फोटो 

    मुग्लिन ।  पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।

    सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताउनुभयो । “खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भन्नुभयोे, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।” निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ । रासस

    बुधवार, भाद्र ३१ २०७७०९:३५:०८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]