Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमान घिसिङको नियुक्ति भएन

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमान घिसिङको नियुक्ति भएन

नेपाल फेस

२९, भाद्र २०७७
  • 1.6K
    SHARES

  • वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमान घिसिङको नियुक्ति भएन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रियसभा सांसदमा मनोनीतका लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  

    यसैबीच, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति भने आज नभएको समाचार छ । आजको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति गर्ने चर्चा भए पनि एक मन्त्रीले त्यो प्रस्ताव नै नआएको बताएका छन् । कुलमान घिसिङको ४ बर्षे पदावधि आइतबारै सकिएको हो । लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाएकाले उनैलाई नियुक्ति गर्न सामाजिक संजालमा दबाब बढिरहेको छ ।

    सोमवार, भाद्र २९ २०७७०९:१३:१८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]