Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

सरकारले थपेन कर तिर्ने म्याद, भ्याट र अन्तःशुल्क आजै बुझाउनु पर्ने

सरकारले थपेन कर तिर्ने म्याद, भ्याट र अन्तःशुल्क आजै बुझाउनु पर्ने

नेपाल फेस

२५, भाद्र २०७७
  • 4.7K
    SHARES

  • सरकारले थपेन कर तिर्ने म्याद, भ्याट र अन्तःशुल्क आजै बुझाउनु पर्ने

    काठमाडौं । कोरोना महामारीका कारण कर तिर्ने म्याद थप्दै आएको सरकारले अब भने म्यान नबढाउने प्रष्ट पारेको छ ।  साउनमा भएको कारोबारको विवरण र यसको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क बिहीबारभित्रै तिर्नुपर्ने भएको हो । बिहीबारसम्म नतिर्नेलाई जरिवान लाग्ने भएको छ । 

    पछिल्लो असहज अवस्थाको कारण देखाउँदै व्यवसायीले कारोबार विवरण तथा कर बुझाउने समय थप गर्न माग गरेका थिए ।

    व्यवसायीले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर रकम महिना समाप्त भएको २५ दिन भित्र बुझाउनुपर्छ । यसको अर्थ व्यवसायीले साउन महिनाको भ्याट र अन्तःशुल्क बिहीबार नै बुझाउनुपर्छ ।

    व्यवस्थाअनुसार स्वयं निष्काशन प्रणालीअन्तर्गत उत्पादित वस्तुको अन्तःशुल्क बिल जारी भएको महिना सकिएको २५ दिनभित्र बुझाउनुपर्छ भने भ्याटको म्याद २५ दिन नै हो । आयकर भने पहिलो किस्ता स्वरुप ४० प्रतिशत पुस मसान्तसम्म, ७० प्रतिशत चैत मसान्तसम्म र बाँकी असार मसान्तसम्म तिर्नुपर्छ ।

    आयकरको विवरण भने आय वर्ष सकिएको तीन महिनाभित्रमा बुझाइसक्नुपर्छ । भ्याटको विवरणचाहिँ महिना, दुईमहिना वा चार महिना सकिएको २५ दिन भित्र बुझाउनुपर्छ भने अन्तःशुल्कको विवरण महिना सकिएको २५ दिनमा बुझाउनुपर्छ ।

    बिहिवार, भाद्र २५ २०७७१२:२२:१७

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]