Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

आज निजामती दिवसः १० जनालाई उत्कृष्ट पुरस्कार, यो बर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट 

आज निजामती दिवसः १० जनालाई उत्कृष्ट पुरस्कार, यो बर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट 

नेपाल फेस

२२, भाद्र २०७७
  • 8.1K
    SHARES

  • आज निजामती दिवसः १० जनालाई उत्कृष्ट पुरस्कार, यो बर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट 

    काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यो बर्ष उत्कृष्ट निजामती पुरस्कार पाउनेहरुमा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ छन् । पुरस्कृत हुनेहरुमा सु्शाील कुमार लम्साल, मानबहादुर अर्याल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा, धनबहादुर लामा रहेका छन् । उत्कृष्ट कर्मचारीलाई सरकारले १ लाख रुपैयाँ राशी प्रदान गर्दछ ।

    यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।
    सरकारले यो बर्ष पनि निजामती सेवाभित्र एक जना पनि सर्बोत्कृष्ट कर्मचारी पाउन सकेन । हरेक बर्ष २२ भदौलाई निजामती सेवा दिवसको रुपमा मनाइँदै आएको छ र सो दिवसको अवसरमा कार्यसम्पादनमा सर्वोत्कृष्ट १ जना,उत्कृष्ट १० जना र ३० जनालाई निजामती सेवा पुरस्कार दिँदै आएको छ ।

    भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी

    सरकारले विगतको बर्षमाझैं यसपटक पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन् । विगत चार बर्षदेखि यो पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । संघ, प्रदेश र स्थानीय तह गरी झण्डै ९५ हजार कर्मचारी निजामती सेवामा कार्यरत छन् । तीमध्ये एक जना पनि सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन । नेपालको निजामती प्रशासनमा यसलाई बिडम्बनाकै रुपमा लिनुपर्छ । सर्वोत्कृष्ट कर्मचारी छनोटका आधारहरु नै जटिल राखिएका कारण फेला पर्न नसकेका हुन् कि १ लाख भन्दा बढी निजामती कर्मचारीमा त्यस पुरस्कार लायक काम गर्ने कोही नभएका हुन् ? 

    सोमवार, भाद्र २२ २०७७०६:०९:३९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]