Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बिचरा ट्राफिक जवान कमलप्रसाद, ड्युटीमा खटिएका उनलाई भिडले यसरी कुटे


    बिहिबार, भाद्र १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । जावलाखेलस्थित अल्का अस्पतालमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको उपचार भैरहेको छ । उनको टाउको, हात, खुट्टा र ढाडमा गम्भीर चोट लागेको छ । यी घाउहरुका कारण कुनै दुर्घटना भने होइन, ड्युटीमा खटिएका उनीलाई एउटा भिडले निर्मम तरिकाले कुटेका कारण उनी गम्भीर घाइते भएका हुन्  ।  

    बिहीबार बिहान ११ बजे तिर रातो मच्छिन्द्रनाथको रथ तान्‍नका लागि सयजना भन्दा बढीको संख्यामा युवाहरुको भिड जम्मा भयो । निषेधाज्ञाका कारण रोकिएको रथ थात्रालाई निरन्तरता दिनका लागि ती युवाहरु पुल्चोक आएका थिए । 

    तर निषेधाज्ञा तोडिएको भन्दै सो समूहलाई प्रहरीले हट्न भन्यो। प्रहरीको आग्रह नमान्दै जबरजस्ती रथ तान्ने काम सुरु भयो । अनि प्रहरीले बल प्रयोग गर्‍यो, लाठी चार्ज, अश्रु ग्यास अनि पानी फोहोरासँगै । आक्रोशित युवाले प्रहरीमाथि ढुंगामुढा गरे । प्रहरीको वाटर केननमा क्षति पुर्‍याए । पुल्चोक क्षेत्र पुरै तनावग्रस्त भयो । 

    बल प्रयोग गरेको भन्दै रिसाएको त्यो समूह पछि त हट्यो तर समूहमै थियो ।

    Rato-Machhindranath-jatra-jhaap-2077-33.jpg

    सोहीसमय मोटरसाइकलमा रहेका एक ट्राफिक जवान त्यतै आइपुगे । ट्राफिक जवान कमलप्रसाद घिमिरेमाथि त्यो समूह जाइलाग्यो। उनलाई भिडले पटकपटक लडाउँदै पिट्यो। प्रहरीले आएर समयमा नै उद्धार नगरेको भए स्थिति अझै खराब हुन सक्थ्यो ।

    सामाजिक सञ्जालमा यतिबेला दुईओटा भिडियो भाइरल बनेको छ । एउटा भिडियोमा ती ट्राफिक जवान माथि सुरु गरिएको आक्रमण देखिन्छ भने अर्को भिडियोमा झन् बढी कुटिएको देखिएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि उनलाई कुटपिट गरेको देखिन्छ । दोस्रो भिडियोको अन्तमा एक उच्छृंखल युवकले कमलप्रसादको टाउको ढुंगाले हानेको देखिन्छ । कमलप्रसादले हेलमेट लगाएका कारण थप गम्भीर क्षति हुनबाट बचेको भिडियोमा देखिएको छ । 

    सोही समूहका केही युवाले भने ती ट्राफिक जवानलाई बचाउन खोज्दै प्रहरीतर्फ लाँदै गरेको समेत देखिन्छ । 

    ती ट्राफिक जवान घिमिरै महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट खटिएका थिए। उनलाई प्रहरीले उद्धार गर्दासम्म नराम्रोसँग कुटिएको छ । सवारी व्यवस्थापनका लागि खटिएका उनको अहिले शरीरभरि घाउ रहेको छ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भैरहेका उनको 

    अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएसँगै बिनाकारण ट्राफिक प्रहरीमाथि सांघातिक हमला गर्नेमाथि कारबाहीको माग भैरहेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भैरहेको बताएका छन् । दोषीलाई जसरी पनि कारबाही गरिने प्रतिबद्धता समेत उनले जनाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार