Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

नेकपा नेता भन्छन्, 'सरकार ! अब अति भयो, विकल्प खोजौं'

नेकपा नेता भन्छन्, 'सरकार ! अब अति भयो, विकल्प खोजौं'

नेपाल फेस

१७, भाद्र २०७७
  • 10.3K
    SHARES

  • नेकपा नेता भन्छन्, 'सरकार ! अब अति भयो, विकल्प खोजौं'

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । बाक्लो बस्ती भएका जिल्लाहरुमा अझ यो संक्रमण समुदायमा नै फैलिइसकेको छ । तर यो अवस्थामा सरकार भने सबैभन्दा सजिलो विकल्पको छनोट गरेको छ, त्यो हो निषेधाज्ञाको घोषणा।

    यसअघि कोरोना संक्रमण रोक्ने भन्दै १ सय २१ दिनसम्म लकडाउन गरेको सरकार अहिले पनि विभिन्न जिल्लामा निषेधाज्ञाको नाममा लकडाउनमै केन्द्रित भएको छ । तर यो अवधिमा भने सरकारले कोरोना रोक्न कुनै विशेष कदम चालेको देखिँदैन । 

    सरकारको यस्तो कमजोर प्रदर्शनमा नेकपाका नेता समेत चिढिएका छन् । नेकपाका मोरङ जिल्ला अध्यक्ष तथा पूर्व सांसद ऋषिकेश पोखरेलले सरकारलाई निषेधाज्ञाको विकल्प खोज्न सुझाव दिएका छन् । निषेधाज्ञा जारी गरेर मात्र कोरोना भाइरसको संक्रमण रोक्न नसिकने भन्दै उनले सरकारलाई ८ बुँदे सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत् यी सुझाव दिएका हुन् ।

    उनले दिएका सुझावमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउने, स्थानीय निकायलाई परिचालन गर्ने, संक्रमितको उपचारमा तदारुकता देखाउने, मापदण्ड पालना गरेर आर्थिक गतिविधि सञ्चालन गर्ने, संक्रमण परीक्षणमा सबैको पहुँच पुर्‍याउने, सीमानामा स्वास्थ्य शतर्कता अपनाउने, संक्रमितको हौसला बढाउने कार्यक्रम, संक्रमण नियन्त्रणमा खटिनेको सम्मान गर्ने लगायतका छन् । 

    यस्ता छन् नेता पोखरेलका सुझावहरु:

    १. लकडाउन र निषेधाज्ञाको विकल्प खोजौं। स्वास्थ्य सुरक्षा,सुरक्षात्मक उपायहरु,स्वास्थ्य मापदण्डको व्यापक प्रचार र जनजागरण कार्यक्रम अगाडि बढाऔं।

    २. सबै तहका जनप्रतिनिधिहरुलाई,आ-आफ्नो कार्यक्षेत्र वा निर्वाचन क्षेत्रमा अनिवार्य केन्द्रित हुन,सवै दलहरुले निर्देशन गरौं ।अन्य विविध संघसंथाहरुलाई जनजागरणका लागि आग्रह गरौं ।

    ३. आइसोलेशन र उपचारमा तीनै तहका सरकारको सहयोग र साथ रहन्छ, भन्ने जनविश्वास दिलाऔं। तीनै तहका सरकारहरुलाई रचनात्मक दबाब,र आवश्यक व्यवस्थापनका लागि सबै खाले सहयोग गरौं ।

    ४. स्वास्थ्य मापदण्ड अपनाइ सम्पूर्ण पेशा, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना,सेवा क्षेत्र र अन्य आवश्यक गतिविधि संचालनमा ल्याऔं ।

    ५. पीसीआरको मापदण्ड एउटै बनाऊँ र सबैको समान पहुँच रहोस् । लक्षण देखिएको र स्वास्थ्यकर्मिले परीक्षणका लागि सिफारिस गरेको व्यक्तिको मात्र परीक्षण गरौं ।

    ६. अन्तराष्ट्रिय सीमा क्षेत्र पूर्ण निषेधित गरौं । वैधानिक नाकाबाट मात्र स्वास्थ्य सतर्कता अपनाई प्रवेश खुल्ला राखौं ।

    ७. कोरोना संक्रमितहरुलाई हौसला र सकेको सहसयोग गरौं । संकमण भइ घरमा नै सुरक्षित बस्नु भएकाहरुका घरमा जाऔं र उत्साहित बनाउ। उपचारपछि घर फर्किनु भएकाहरुलाई सम्मान, आदर र साथ दिउँ, उहाँहरुको अनुभव सार्वजनिक गरौं ।अपमान, असहयोग र गलत प्रचार गर्नेहरुलाई खबरदारी गरौं र सकारात्मक सल्लाह दिऔं।

    ८. सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगाएत सामाजिक अभियानमा संलग्न सबैलाई सुरक्षा, सम्मान र सहयोगमा जुटौं ।

    यी सुझाव दिएका नेता पोखरेलले अन्तिममा भनेका छन्, तब मात्र हामी सबैको जित हुनेछ । 

     

    बुधवार, भाद्र १७ २०७७११:४३:०९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]