Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

दार्चुलामा स्क्रब टाइफस संक्रमितको संख्या ८ पुग्यो

दार्चुलामा स्क्रब टाइफस संक्रमितको संख्या ८ पुग्यो

नेपाल फेस

१६, भाद्र २०७७
  • 6.6K
    SHARES

  • दार्चुलामा स्क्रब टाइफस संक्रमितको संख्या ८ पुग्यो

    दार्चुला । दार्चुलामा थप तीन जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्लाको महाकाली नगरपालिकाकामा २ महिला र मालिकार्जुन गाउँपालिकाकामा १ महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए।

    आइतबार जिल्लामा ५ जनामा स्क्रब टाइफस देखिएको थियो। यसअघि महाकाली नगरपालिकाकामा १ पुरुष, मालिकार्जुन गाउँपालिकाकामा २ जना महिला र १ पुरुष र ब्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको सूचना अधिकारी भट्टले बताए।

    योसँगै दार्चुलामा स्क्रब टाइफसको संक्रमित संख्या ८ पुगेको छ। आइतबार संक्रमण देखिएकामध्ये १ जनालाई धनगढी रेफर गरिएको छ भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। बाँकी ३ जनामा रोगका सामान्य लक्षण भएका कारण डिस्चार्ज गरिएको उनले बताए। परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

    मंगलवार, भाद्र १६ २०७७०४:२३:३५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]