Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

मलेनिकाको चक्रीय सरूवा, अब ढोके–आसेपासेको पालो 

मलेनिकाको चक्रीय सरूवा, अब ढोके–आसेपासेको पालो 

नेपाल फेस

११, भाद्र २०७७
  • 34.7K
    SHARES

  • मलेनिकाको चक्रीय सरूवा, अब ढोके–आसेपासेको पालो 

    काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले गोप्यरूपमा गरेका ५३ जना लेखाअधिकृतको सरूवा सार्वजनिक भएसँगै व्यापक गुनासाका स्वरहरु पनि बाहिर आउन थालेका छन् । स्वयम् सरूवामा संलग्न हुने उपसचिव र सहसचिवसमेत आफूहरूको कुरा सुनुवाई नभएको भन्दै महालेखा नियन्त्रक गोपी मैनाली नै हावी भएको गुनासो गर्न थालेका छन् । गुनासो गर्न जाने लेखाअधिकृतहरुसँग सरुवामा संलग्नहरुले नै उल्टै प्रतिगुनासो गर्ने गरेका एक लेखाअधिकृतले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

    चक्रीय सरूवाको नौलो अभ्यास गरेको मलेनिकाले मलेनिका र कोलेनिकामा बसेर कहाँ आकर्षक छ भनी पत्ता लगाउने र सोही अनुसार सरूवा माग गर्न जाने र सोही अनुसारको सरूवा सदर गर्न सचिव समेत उद्यत भएको देखिएको छ ।

    केपी ओली सरकारले पेलेको भन्दै आएका सचिव मैनालीले आफूमातहतका कर्मचारीलाई भने देखि नसहने तर चाकरी र चाटुकारलाई भने आकर्षक भनिएका कार्यालय र आयोजना भने आफैं काँटछाँट गर्दै दिने गरेको स्रोत बताउँछ ।

    आफूलाई ओली सरकारले पेलेको भन्दै कार्यालयमा जोसँग पनि गुनासो गर्ने मैनालीले नेकपा समर्थक निजामती कर्मचारीलाई पेल्ने नयाँ नीति अंगीकार गरेको सरुवा सूचीले पुष्टि गरेको छ । उनले मापदण्ड समेत हुकुमी बनाएका छन् । सडक वा आयोजना बसेका कसैलाई मलेनिका नल्याउने नीति बनाए पनि कसैलाई ल्याउने कसैलाई नल्याउने दोहोरो मापदण्ड अपनाउने गरेको गुनासो बढ्न थालेको छ ।

    यसअघि उपसचिवहरूको पनि गोप्य सरूवा गरेका नियन्त्रक मैनालीले जेष्ठताका आधारमा रोजेको ठाउँ दिने बिधि लत्याउँदै आस्थाका आाधारमा सरूवा गरेको र कतिलाई सरूवा चिट्ठी समेत नदिई राखेको गुनासो समेत आउन थालेको छ ।

    मलेनिकामा कर्मचारी प्रशासनमा बस्नेहरूलाइ बिगतमा झैं आकर्षक कार्यालय दिने योजना बनाइएको समाचार स्रोतले जानकारी दिएको छ । आफ्नै आसेपासे र ढोकेलाई न्याय गर्नका लागि उपत्यका र बाहिरका आकर्षक कार्यालय खाली बनाई अर्को चरणको सरूवामा मिलाउने प्रपञ्च मिलाइएको छ । जति नै आदर्श व्यक्तिको रुपमा मैनालीले आत्मप्रशंसा गरे पनि आस्थाको राजनीति गर्ने भएपछि उनको लेखाइ र व्यवहारमा आकाश जमिनको फरक देखिन थालेको छ ।

    यसैबीच, महालेखा नियन्त्रक कार्यालयले भदौ ७ कै मितिमा ७३ लेखापालको सरुवा गरेको छ । तर यो सरुवा एकतिहाई पनि होइन । महालेखाले अरु सयांंै लेखापालको पदस्थापन गर्न सकेको छैन । सत्तारुढ दल नेकपा निकट ट्रेड युनियनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले आफ्नो पदस्थापन नगर्नका लागि दबाब दिएका कारण सयौंको सरुवा अवरुद्ध हुन पुगेको मलेनिका स्रोत बताउँछ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका लेखापाल कोइरालाले त्यहीँ थमौती गर्न महालेखा नियन्त्रक मैनालीलाई दबाब दिइरहेका छन् ।

    सरुवा भएका लेखाअधिकृतहरुको सूचीः

    बिहिवार, भाद्र ११ २०७७०९:३०:३२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]