Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

६० सहसचिवको सरुवा, सिंहदरबारमा रजगज गर्दै आएकाहरु प्रदेशमा खटाइए (सूचीसहित)

६० सहसचिवको सरुवा, सिंहदरबारमा रजगज गर्दै आएकाहरु प्रदेशमा खटाइए (सूचीसहित)

नेपाल फेस

१०, भाद्र २०७७
  • 17.3K
    SHARES

  • ६०  सहसचिवको सरुवा, सिंहदरबारमा रजगज गर्दै आएकाहरु प्रदेशमा खटाइए (सूचीसहित)

    काठमाडौं । सरकारले ६० सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा सरुवा गर्ने निर्णय गरेको हो ।

    प्रदेशमा कामको प्रभावकारिता बढाउन विभिन्न शक्तिशाली मन्त्रालयमा रहेका अनुभवी सहसचिवलाई प्रदेशमा खटाउने गरी यो निर्णय आएको बताइएको छ । अहिलेको सरुवा वरिष्ठताको आधारमा मात्र गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

    सरुवा हुने सहसचिवमा प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका छन्।

    यसअघि प्रदेशमा कनिष्ठ सहसचिव मात्र जाने गरेका थिए । वरिष्ठ सहसचिवहरु भने सिंहदरबारमै रजगज गर्ने अघोषित परम्परा नै बनेको थियो । विगतको चेन तोड्दै मन्त्रालयबाट भएको यो निर्णयलाई कर्मचारी प्रशासनका एक जानकारले साहसिक निर्णय समेत भनेका छन् । 

    मन्त्रालयको यो निर्णयलाई असफल बनाउन अनेक प्रयास हुने सम्भावना रहेको उनको दावी छ। सिंहदरबारका शक्तिशाली यी ब्यूरोक्रयाट्सहरुले सरुवा रोक्नका लागि शक्तिकेन्द्रको सहयोग लिने सम्भावना पनि रहेको सम्भावना उनी स्वीकार्छन् । 

    पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को प्रकोप देशभर परेको छ। प्रदेश सरकारले यस्तो संकटको समयमा प्रभावकारी काम गर्न नसक्दा केहीसमय अघि थोरै रहेको संक्रमित अहिले ह्वात्तै बढिसकेको छ । प्रदेशले कोरोना संक्रमण रोक्न नसक्नुमा पनि अनुभवी तथा वरिष्ठ कर्मचारीको अभाव रहेको बताइन्छ ।

    अहिलेको निर्णय भने दीर्घकालीन हितका लागि भएको तर यसलाई कार्यान्वयन गर्न चुनौती भने रहेको बताइएको छ ।

    यी हुन् सरुवा भएका सहसचिवहरु:-

    बुधवार, भाद्र १० २०७७०३:३७:३०

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]