Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र कोइरालाको नाममा विवाद भएपछि वाणिज्य बैंक सञ्चालक समितिको बैठक स्थगित


    बुधबार, भाद्र १० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई अध्यक्ष पदमा नियुक्ति दिने विषयको चौतर्फी विरोध भएपछि बैठक स्थगित भएको वाणिज्य बैंक स्रोतले बताएको छ । 

    आजको बैठकको एजेण्डा नै कोइरालालाई अध्यक्ष बनाउने थियो । उनको नियुक्तिका बारेमा भैरहेको विरोधकाबीच अहिले यो विषयलाई अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गरिएको ती स्रोतले बताए । 

    कोइराला यसअघि मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति थिए ।  कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

    अहिले पनि कोइराला पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको खबर बाहिरिएसँगै चर्को विरोध भएको हो ।

    कोइरालालाई सञ्चालयक समितिको अध्यक्ष बनाउन सरकारले यसअघिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाइसकेको छ । 

    यो पनि पढ्नुहोस् :-

    ओली सरकारको सुशासनः ईश्वर पोखरेलका सम्धीलाई सातौं पटक नियुक्ति

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार