Logo
  • मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

ओली सरकारको सुशासनः इश्वर पोखरेलका सम्धीलाई सातौं पटक नियुक्ति

ओली सरकारको सुशासनः इश्वर पोखरेलका सम्धीलाई सातौं पटक नियुक्ति

नेपाल फेस

९, भाद्र २०७७
  • 332.9K
    SHARES

  • ओली सरकारको सुशासनः इश्वर पोखरेलका सम्धीलाई सातौं पटक नियुक्ति

    इश्वर पोखरेल र उपेन्द्र कोइराला 

    काठमाडौं । सरकारले प्राडा उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले भोलि (बुधबार) संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ । बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्राडा कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए ।

    खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।  २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

    पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

     

    साबिक एमालेमा राजनीतिक योगदान भएका थुपै्र नेता कार्यकर्ता र पेशाकर्मी थिए, अहिले नेकपामा पनि एक से एक पार्टीका लागि त्याग गर्नेहरुको बाहुल्य छ । तर नेकपा सत्तामा आएपछि नियुक्ति भने नेताका आफन्तले मात्र पाउँछन् भन्ने दृष्टान्त कोइरालाको सातौं नियुक्तिले पुष्टि भएको छ । 

    नेकपाकौ नेता कार्यकर्ताले कोइरालाको नियुक्तिको बिरोधमा सामाजिक संजालमा लेख्न थालेका छन् । युवासंघका स्थायी कमिटी सदस्य देवराज पोखरेलले लेखेका छन्–उपप्रधानमन्त्रीको सम्धी पर्नु भएछ । त्यसैले कुनै उल्लेखनीय काम नगर्दा नगर्दै पनि ०५१–५२ देखी निरन्तर नियुक्ति पाउनु भएको छ ।    लाखौं नेता कार्यकर्ताको रगत र पसिना बगाएको, सम्धी पोस्न हुँदै होइन ।  

      ८ औं महाधिवेशनमा सम्पूर्णरुपले सहयोग गरेको, त्यसपछि पनि बिभिन्न सन्दर्भमा सामाजिक संजालहरुमा समर्थन गरेको सम्झिदा पश्चाताप भइरहेको छ ।

    मंगलवार, भाद्र ९ २०७७१०:१५:५३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]