Logo
  • सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images

लेखाअधिकृतहरुको सरुवामा महालेखा नियन्त्रक मैनालीको चलखेल, निर्णय अझै गोप्य

लेखाअधिकृतहरुको सरुवामा महालेखा नियन्त्रक मैनालीको चलखेल, निर्णय अझै गोप्य

नेपाल फेस

८, भाद्र २०७७
  • 65.6K
    SHARES

  • लेखाअधिकृतहरुको सरुवामा महालेखा नियन्त्रक मैनालीको चलखेल,  निर्णय अझै गोप्य

    काठमाडौं । निर्वाचन आयोगको अनियमितता भण्डाफोर गरी बिद्रोही सचिवको छवि बनाएका महालेखा नियन्त्रक गोपीनाथ मैनाली आफूलाई आदर्शवादी देखाउनेमा पर्दछन् । उनी लेख लेखिरहने सचिवका रूपमा समेत चिनिन्छन् । तर तिनै सचिवले आफूले गरेका निर्णयहरू लुकाउँदै आएको गुनासो लेखा समूहका कर्मचारीले गर्दै आएका छन् । महालेखा नियन्त्रक कार्यालयले आइतबार करिव ५० जना लेखाअधिकृतको सरूवा भएको अनुमान गरे पनि सरूवाको निर्णय सार्वजनिक गर्न सकेका छैनन् । यसअघि पनि करिव १५ जनाको सरूवा गरिएकोमा उक्त निर्णय समेत गोप्य राखी कोलेनिकामा पत्र पठाइ जानकारी दिएको बुझिएको छ । सरुवामा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन समर्थकलाईमात्र आकर्षक कार्यालयमा सरुवा गरिएको आरोप महालेखा नियन्त्रक मैनालीमाथि लागेको छ । सधैं आकर्षक कार्यालयमा बसी घुस खान पल्किएको समूहलाई नै उनले सरुवामा पुनः आकर्षक कार्यालयमा सरुवा गरेका छन् ।

    हात्तीको जस्तो चपाउने दाँत एउटा देखाउने दाँत अर्को भएका सचिवका रुपमा मैनाली चिनिन्छन् । मैनाली तिनै सचिव हुन् जो निजामती सेवामा म जस्तो इमान्दार र घुस नखाने सचिव कोही छैन भन्छन् ।  आफूजस्तै सचिव हुने हो भने निजामती सेवा नै कायापलट हुने उदघोष गर्दछन् । तर उनको बोली एकातिर व्यवहार अर्कैथरी पाइन्छ । आइतबारको महालेखाको सरुवा गोप्य राखिनुले पनि त्यसैलाई पुष्टी गरेको छ । सरुवामा आर्थिक चलखेल गरेकै कारण उनले गोप्य राखेको आरोप छ । अपारदर्शी सरुवाबारे महालेखा नियन्त्रक मैनालीसँग प्रतिक्रियाका लागि ९८४१#### मा सम्पर्क गर्दा उनले मोवाइल नै सम्पर्कबिच्छेद गरेका छन् ।

    विदेश शयरमा हुरुक्कै

    सचिव मैनाली विदेश सयर गर्न भनेपछि हुरुक्कै हुने गर्दछन् । पाएसम्मका अवसर छोड्दैनन् । उस्तै परे अधिकृत तहका कर्मचारीलाई निमन्त्रणा आए पनि टिपनटापन गरी कागज मिलाउँछन् र सपत्नी विदेश शयरमा निस्किहाल्छन् । उनी भूमिसुधार मन्त्रालयबाट महालेखा नियन्त्रणको कार्यालयमा खटाइएका हुन् । मैनालीले कार्यसम्पादनमा आफू उत्कृष्ट हुँदाहुँदै आफूलाई लखेटिएको भन्दै चित्त मात्र दुखाएनन्, अर्थ मन्त्रालयमा आफूभन्दा जुनियर सचिव राखेर आफूलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको भन्दै केही दिन गुनासो पोख्दै पनि हिंडे ।

    उनले यसअघिका पुरानो बानी फेरि देखाउन थालेका छन् । त्यहाँ पुगेपछि केही महिनाअघि दुवई, कायरो, इजिष्ट, अवुधावी घुमेर फर्किसकेका छन् त्यो पनि सपत्नी । केही अघि मात्र सपत्नी श्रीलंका पुगेर फर्किए मैनाली । त्यहाँ कर्जा सुरक्षणसम्बन्धी कार्यक्रम थियो । कर्जा सुरक्षण कोषको अध्यक्ष हुन्छन् महालेखा नियन्त्रक । कोषका सदस्यका रुपमा अर्थका सहसचिव थानेश्वर गौतम (हाल गृहमन्त्रालयमा सरुवा), कानुनका सहसचिव मानबहादुर अर्याल, राष्ट्रबैंकका सञ्चालक पिताम्बर भण्डारी, उपेन्द्रकुमार पौडेल सञ्चालक छन् । कोषको सदस्य सचिव विष्णुबाबु मिश्र छन् । उनै मिश्रलाई दबाब वा प्रभावमा पारी उनी कोषको कार्यक्रममा कोषकै पैसाले श्रीमतीको नाममा समेत टिकट किन्न लगाएर मैनाली श्रीलंका पुगेर फर्किए । उनका समाजिक सञ्जालमा गरिएका पोष्ट नियाल्ने हो भने, सरकारी कोषको ढुकुटीको रकमले श्रीमतीलाई बोकेर दुवई, कायरो, इजिष्ट, आयरल्याण्ड, भारत आग्रा, इण्डोनोसियाको बालीसम्म पुगेको देखिन्छ । र, श्रीमतीसँगै खिचिएका पोज पोजका तस्वीर सञ्जालमा पोष्टिएका छन् । स्वदेशका कुनै पनि कार्यक्रममा उनी राजधानी बाहिर जाँदा श्रीमतीलाई लैजान छुँटाउदैनन् ।

    मैनाली यसअघि पोखराको क्षेत्रीय प्रशासक हुँदा सुरक्षा समितिको बैठकमा श्रीमतीलाई लिएर गएपछि आलोचित बनेका थिए । सहसचिवसम्म जागिरको अधिकांश समय योजना आयोगमै बिताएका मैनालीले त्यहाँ हुँदा पूर्वाधार हेर्ने गरेका थिए । र, सडक विभाग वा आयोजनाहरुबाट विदेश भ्रमणमा राख्न दबाब दिने गरेको सडक विभागका तत्कालीन महानिर्देशकहरुले नै रहस्य खोल्ने गरेका छन् । उनलाई नराखे आयोजनाहरु नै स्वीकृत नहुने भएपछि सडकका हाकिमहरुले उनलाई अनिवार्य राख्नैपर्ने बाध्यात्मक अवस्था सृजना गराइएको थियो ।    

    भूमिसुधार मन्त्रालयमा रहँदा विभिन्न तालिमका सहभागीहरुलाई प्रमाणपत्र बाँड्दा श्रीमतीलाई सँगै लिएर जान्थे । जुन कार्यक्रममा पनि श्रीमतीलाई लाने गरेकोमा उनी आलोचित छन् । देशभरको हरेक सरकारी कार्यालयको पैसा निकासा दिने, खर्चको चेक काट्ने, सरकारी कार्यालयहरुको अकाउन्टिङ गरी सरकारलाई प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्राप्त निकायका प्रमुख भने विदेश भ्रमणमा मात्रै र्याल चुहाउँदा कार्यालयको कामसमेत प्रभावित हुँदै आएको छ । एकातिर सरकारले बैदेशिक भ्रमण निर्देशिका बनाएको छ । सोको खिल्ली उडाउँदै विदेश भ्रमणमा श्रीमती बोकेर निस्कने उनै मैनालीले लेख लेख्दा सदाचारको उपदेश दिन भने पछि पर्दैनन् । यी तिनै सचिव हुन जो निर्वाचन आयोगमा अयोधी यादवसहितका पदाधिकारीहरुले गाडी खरिद प्रकरणमा अनियमितता गरे भन्दै मिडियाबाजी गरेपछि सरुवामा परेका थिए ।

    सोमवार, भाद्र ८ २०७७१०:५८:२३

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]