Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक लगायो

प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक लगायो

images

नेपाल फेस

माघ ११, २०७९ बुधबार
  • 577
    SHARES

  • प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक  लगायो

    काठमाडौं। प्रहरीले पम्प सञ्चालकहरूलाई बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न अनुरोध गरेको छ।

    images

    काठमाडौं उपत्यकाका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ।

    जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

    नेपाल फेस

    सम्बन्धित समाचार