काठमाडौं । गण्डकी प्रदेश सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुको नियुक्तिसँगै सात सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ ।
यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री बनेका थिए ।