काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र कम्युनिष्ट एकता अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । आज नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगर पुगेर गौतमले अध्यक्ष नेपाललाई भेट गरेका हुन् ।
सो अवसरमा दुवै पक्षबीच आफ्ना दस्तावेजहरू आदानप्रदान भएको नेकपा एसका एक नेताले बताए । यस्तै,अध्यक्ष नेपालले यथाशीघ्र पार्टीमा एकताबद्ध हुन गौतमलाई आग्रह गरेका छन् । गौतमले यसबारेमा आफूले छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।
आजको बैठकमा नेकपा एसका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि उपस्थित थिए ।