Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

सेयर बजार ८.१४ अंकले बढेर बन्द, कारोबार रकम ३ अर्ब भन्दा बढी 

सेयर बजार ८.१४ अंकले बढेर बन्द, कारोबार रकम ३ अर्ब भन्दा बढी 

images

नेपाल फेस

माघ १०, २०७९ मंगलबार
  • 658
    SHARES

  • सेयर बजार ८.१४ अंकले बढेर बन्द, कारोबार रकम ३ अर्ब भन्दा बढी 

    काठमाडौं । सेयर बजार आज मंगलबार बढेको छ। आज दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको हो  । आज नेप्से सूचक ८.१४ अंकले बढेर २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बजार २१४० सम्म ओर्लिएको थियो । 

    images

    मंगलबार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।

    यस्तै, सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

    मंगलबार नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ । अघिल्लो दिन सोमबार नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार