Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

images

नेपाल फेस

माघ ९, २०७९ सोमबार
  • 1.4K
    SHARES

  • ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

    काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात परेकी छन् ।

    images

    अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् ।

    साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्‌को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ ।

    फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।

    सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार