काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको ज्यान गएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चल्दा उनीहरुको मृत्यु भएको हो ।
अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् । गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घटना लगत्तै फरार रहेका ती व्यक्तिले गोली हान्नुको कारण भने नखलेको बताइएको छ ।