Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाको ज्यान गयो 

जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाको ज्यान गयो 

images

नेपाल फेस

माघ ८, २०७९ आइतबार
  • 1.1K
    SHARES

  • जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाको ज्यान गयो 

    एजेन्सी। जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आज आइतबार बिहानै आगलागी भएको छ। उक्त आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् ।

    images

    त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए । 

    जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।

    सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार