Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन

images

नेपाल फेस

माघ ३, २०७९ मंगलबार
  • 2.5K
    SHARES

  • स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् । मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् ।

    images

    मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

    सम्बन्धित समाचार